Jilla Ban Notis

सार्वजनिक सुनुवाइ तथा सार्वजनीक लेखापरिक्षण सम्पन्न् ।

0 106

कृष्ण ढकाल
बर्दघाट,मंसीर–११
बर्दघाट नगरपालिकाको आयोजना र गाउँले दर्पण मिडिया प्रालीको संयोजनमा सार्वजनिक सुनुवाइ तथा सार्वजनीक लेखापरिक्षण कार्यक्रम आज बर्दघाटमा सम्पन्न् भएको छ।

बर्दघाट नगरपालिका वडा नं. ४ को शिवनगर–थारुटोला हुदै बग्ने खहरे पुलको घोला, विशया खोला र टि.सि.एन.खोलाको सफाईकार्य मा केन्द्रित रहेर आयोजना भरीएको उक्त कार्यक्रममा सफाई कार्यमा खट्ने टोल विकास समितिका अध्यक्षद्धय मोहन वि.क. र सन्तोष गुरुङ्गले सफाई गरेको क्षेत्र र त्यसको खर्च विवरण कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

हरियाली नगर टोल विकास संस्थाका अध्यक्ष मोहन वि.क.ले टि.सि.एन. खोला सफाई गर्दाको ११ लाख ६ हजार १ सय पच्चीस रुपैया बरावरको खर्च विवरण प्रस्तुत् गर्नु भएको थियो भने देवि नगर टोल विकास समितिका अध्यक्ष सन्तोष गुरुङ्गले विसया खोला र खहरे पुलको घोला सफाई गर्दा ३ सय २ घण्टाको १८ लाख १२ हजार बढी खर्च भएको खर्च विवरण प्रस्तुत् गर्नु भएको थियो ।
खर्च विवरण प्रस्ुतत गरेसंगै आफुहरुले ऋण खोजेर गरेको खोला सफाईको कामको अहिले सम्म कुनै भुक्तानी नहुदां अहिले सम्म लागेको ऋणको ब्याज र नगरपालिकाको प्राविधिक टोलीले पछि अशोजमा गरेका प्राविधिक रीर्पोटले खटाएको रकम विचको पैसा कस्ले ब्यहोर्ने भन्दै गुनासो समेत गरेका थिए ।

कार्यक्रममा खर्च विवरण सार्वजनिक गरेसंगै उपस्थित सरोकारवालाहरुले काम प्रभावकारी भएपनि खर्च फर्साेटमा प्रभावकारी नभएको प्रति चाासो ब्यक्त गरेका थिए । काम गर्नु पूर्व नै कामको सम्झौता नितिगत रुपमा नगरेका कारण समस्या आएकाले समाधान तर्फ लाग्न नितिगत प्रक्रियामा लाग्न सुझाव दिएका थिए ।

त्यसैगरी नगरपालिकाको तर्फवाट योजना अधिकृत र प्रमुख प्रशासकिय अधिकृत सहित नगर प्रमुख शम्भुलाल श्रेष्ठले काम गर्ने शिलशिलामा केहि प्रक्रिया नपुगेका कारण समस्या भएको बताउदै अब यो सार्वजनिक सुनाुवाइ र सार्वजनिक लेखा परिक्षण कार्यक्रम पश्चात सरोकारवालाहरु बसेर त्यसको नितिगत सास्या समाधान गर्न लागि पर्ने बताउनु भएको थियो । त्यसैगरी यो समस्याको समाधान गर्न तत्काल नगर सभाको आयोजना गरेर नगर सभामार्फत समाधान खोजिने समेत कार्यक्रममा जानकारी गारईएको थियो ।

टोविकास संस्थाहरुले गरेको काम प्रभावकारी भएपनि परिणाम प्रभावकारी नहुनु दुखत पक्ष रहेको भन्दै आगामिदिनमा यस्ता समस्याहरु नआउने गरी सबैले मिलेर नगरलाई समृद्ध बनाउन तर्फ सबै एक भएर लाग्न नगर प्रमुखले आग्रह समेत गर्नु भएको थियो । उहांले यस विषयमा नगरपमुख संग जोडेर अनर्गल प्रचारवाजी समेत गरेको सुन्नमा आएको बताउदै अहिले सम्म यो कामको कुनै खर्च निकासा समेत नभएको अवस्थामा यस्ता अनर्गल प्रचार नर्गे काम पनि रोक्न सम्बिन्ति ब्यीक्तहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्ष र गाउँले दर्पण मिडिया प्रा.लीका कार्यकारी निर्देशक कृष्ण ढकालको संचालनमा सम्पन्न् भएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा,वडा नं. ४ का वडाध्यक्ष वेदबिना तिवारी लगाएत नगर कार्यपालिका सदस्य मञ्जु चालीसे,वडा सदस्य जनक रावत,राजेन्द्र गौतम ,नगरपालिका लेखा अधिकृत विष्णुलाल पुरी,योजना अधिकृत पुष्कर काफ्ले,प्राविधिक,ईश्वर चौधरी,निलेश पाण्डे,सारदा भट्टराई,शान्ति गुरुङ्ग र वडा नम्वर ४ मा रहेका १० वटा टोल विकास समितिका अध्यक्षहरु सहित सरोकारवालाहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.