Jilla Ban Notis

सानिमा जीवन बिमा बर्दघाट शाखाद्धारा जीवन बिमा हस्तान्त्रण ।

0 46

फूलकुमारी
बर्दघाट,मंसीर १४
सानिमा जीवन बिमा बर्दघाट शाखाले आज बिमित मृर्तक महेन्द्र सापकोटाको परिवारलाई बिमाङक वापतको चेक रकम हस्तान्त्रण गरेको छ । सानिमा जीवन बिमा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख जयदेव गौतमले मृतकको परिवार रिता पौडेल सापकोटालाई ५ लाखको बिमाङक रकमको चेक हस्तान्त्रण गर्नु भएको थियो ।

सानिमा म्यादी जीवन बिमा पोलिसीमा रहेर २०७७ असार ७ गते मृर्तक महेन्द्र सापकोटाले आफ्नो जिवन बिमा शुरु गरेका सापकोटाको २०७७ असोज ५ असामयिक निधन भएको थियो ।

आज भएको बिमाङक चेक रकम हस्तान्त्र कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कबिराज आचार्य र वडा नः९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईं ,समाजसेवी कुल्देब श्रेष्ठ ,शिक्षक यक नारायण तिम्सिना ,ढाकाराम तिम्सिना ,कल्पना खनाल ,दीपक बहादुर खड्का,केशर प्रसाद पोख्रेल ,सुरज सापकोटा ,नन्द कुमारी तिवारी भुषाल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.