Jilla Ban Notis

साथिको हत्या आरोपमा पश्चिम नवलपरासीको सुनवलबाट १ पक्राउ

0 38
पुजा लम्साल
सुनवल,९ माघ,
पश्चिम नवलपरासीमा आफ्ना साथिलाई धारीलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिका ३ कृर्तिपुर बस्ने बर्ष २० का महादेव पुनलाई साथिलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।   जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गत मंगलबार पुनले उनका साथी कास्की जिल्लाको पोखरा महानगरपालिका १ का २४ बर्षीय जगदिश गुरुङ र २३ बर्षीय संयोग गुरुङलाई चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते जगदिश गुरुङको बुधबार भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ भने अर्का घाइते संयोग गुरुङ उपचार पछि डिष्चार्ज भएका छन् ।  केही दिन अघि चिनजान भएका यि ३ जनाबीच फोनमा सामान्य विवाद भएपछि जगदिश र  संयोग मंगलबार राति नै महादेवको घर आएर झगडा गरेपछि दुवै पक्षबीच हात हालाहाल हुँदा महादेवले घरमा रहेको चक्कु निकालेर दुवैलाई चक्कु प्रहार गरी घाइते भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक थापाका अनुसार घटना पछि फरार रहेका पुनलाई बुधबार उनकै घर नजिकैबाट लुकिरहेको अवस्थामा पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.