Jilla Ban Notis

सातौं सुर्यनगर गोल्ड कप–२०७९ यहि माघ २५ गतेदेखि शुरुहुदै ।

0 177

कृष्ण ढकाल
बर्दघाट,माघ–१६
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं.–१६ मा रहेको नव युवा क्लवले संचालन गर्दैआएको सूर्यनगर गोल्डकपको सातौं संस्करण यहि माघ २५ गतेदेखि आगामी फागुन ७ गतेसम्म संचालन हुने भएको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको उक्त फूटवल प्रतियोगितामा १२ टिमले प्रतिस्प्रद्र्या गर्ने आयोजक संस्थाका निर्वतमान अध्यक्ष तथा बर्दघाट नगरपालिका वडा नं. १६ का वडाध्यक्ष भिम काजी गुरुङ्गले बताउनु भएको छ ।

आयोजक संस्था नव युवा क्लवका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उक्त जानकारी गारईएको थियो ।

बर्दघाट नगरपालिकाको संरक्षकत्वमा संचालन हुदै आएको सुर्यनगर गोल्ड कप प्रतियोगितामा नेपालका बिभिन्न स्थानहरुवाट ए डिभिजनका खेलाडीहरुको समेत सहभागिता रहने खेल संयोजक धन सिंह चितौरेले जानकारी दिनु भएको छ । त्यसैगरी प्रतियोगिता संचालनका क्रममा ४८ लाख खर्चहुने अनुमान गरीएको प्रतियोगिताका आर्थिक संयोजक रुद्र बहादुर भण्डारीले बताउनु भएको थियो ।

प्रतियोगितामा आयोजक घरेलु टोली सहित नवलपरासी–११,सेन्ट्रल कलेज चितवन,रुपन्देही–११,भक्तपुर एफ.सी. सर्लाहि,अभिषेक चर्च रजहर,नेपाल ए.पि.एफ. लगाएतका टिमहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यसैगरी विजेता टिमले ५ लाख नगद सहित ट्रफि,मेडल र प्रमाण–पत्र र उप विजेता टोलीले ३ लाख नगद सहित ट्रफि,मेडल र प्रमाण–पत्र पाउने आयोजकले जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरको वडा नं. १४,१५ र १६ लाई खेल क्षेत्रको हवका रुपमा विकास गरेर अघि बढीने बताउनु भएको थियो । उहांले अहिले पनि नेपालको क्रिकेट टोलीको नेतृत्व गर्ने देखि फुटबल खेलमा चर्चामा रहेने खेलाडीहरु बर्दघाट नगरमा नै रहेको भन्दै नगरको खेल क्षेत्रको विकासका लागि नगर लागि परेको बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले सूर्य नगरमा संचालन गर्दे आएको सातौं सुर्यनगर गोल्ड कप–२०७९ का लागि बर्दघाट नगरपालिकाले संरक्षकत्व लिनेगरी ७ लाख रुपैया सहयोग गरेको बताउदै नपुग भएको खण्डमा केहि थप गर्न सकिने समेत बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.