Jilla Ban Notis

सरावल ४ मा राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण

0 30
उमेश बि.क
सरावल ,२८ साउन
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ का विभिन्न टाेलमा राेग प्रतिराेधात्मक क्षमता बृद्धि गर्ने हाेमियाे प्याथिक अाैषधि निशुल्क बितरण कार्य सुरु गरिएको छ । मरवाडी सेवा समिति काठमाडौंकाे साैजन्यमा तथा जनकल्याण प्रतिष्ठान नेपाल एकल बिद्यालय अभियान र समाजसेवी बिनाेद पाण्डेयकाे पहलमा सरावल गाउँपालिका वडा नं. ४ काे अायाेजनामा “आर्सेनिक अल्वम ३० सी ” नामक होमियोप्याथी औषधि वितरण सुरु गरिएको हाे।
सरावल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छाेटेलाल यादवले स्थानीय जनतालाई स्वास्थमा समस्या नहोस भनेर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नकाे लागि गाेबरहिया,हात्तिवन,पुर्नहा,मंगलापुर,ललितपुर र बडसारमा बितरण गरिने जानकारी दिनु भएको छ ।
                 त्यस्तै समाजसेवी बिनाेद पाण्डेयले होमियोप्याथी अाैषधीले रोगको किटाणु लाग्नै नदिने र लागेकालाई पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी निको गर्ने बताउदै अहिले बाँडिएको औषधि कोभिड-१९ कै औषधि नभई मानिसमा प्रतिरोधात्मक क्षमता बढाउने रसायन रहेको जानकारी दिनुभएको हाे । औषधि बितरण गर्दै विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि साबुनपानीले हात धुने,सेनिटाइजरकाे प्रयाेग गर्ने ,मास्क लगाउने ,समाजिक दुरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा जनताहरुलाई जानकारी गराएका हुन । राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरणमा वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादव,वडा सदस्य सुर्य नरायण यादव,वडा सदस्य बिमलावति हरिजन ,समाजसेवी तथा नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद पाण्डे , वडा सचिव इन्द्र कमल यादव,कार्यलय सहयाेगी राजेश यादव, बुद्ध ज्याेति प्रा.बि.का शिक्षक मनाेज हरिजन ,शिवरतन हरिज लगाएको सहभागीता रहेकोे थियाे।

Leave A Reply

Your email address will not be published.