Jilla Ban Notis

सरावल ३ श्रीनगरको पिडुरा खोलामा बाध निर्माण कार्य सुरु ।

0 28

उमेश बि.क

सरावल,२९ मंसिर

नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ श्रीनगरमा अवस्थित पिडुरा खोलामा बाध सिलन्यास गरिएको छ। सरावल गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा कृषि उत्पादनमा वृद्धि गर्न तथा पानी रिचार्ज गर्ने उद्देश्यले पिडुरा खोला बाध निर्माण कार्यको लागि आइतबार सिलन्यास गरिएको हो ।कृषि कार्यमा सहजता र सिचाइ कार्यमा थप टेवा प्रदान गर्नका लागि वडा नं। ३ बाट २० लाख र तराई मधेस समृद्धि कार्यक्रमबाट २५ लाख गरि कुल ४५ लाखको लागतमा पिडुरा खोला बाध निर्माण कार्य सुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको छ।पिडुरा नदिमा सिचाइ गर्ने समयमा पानी नरहनाले किसानहरुले पानी नभएपछि धान खेति तथा गहु खेचि गर्न सास्ति भोग्दै आएको र अबदेखि किसानहरुको सिचाइ समस्या समाधान गर्ने प्रयासमा सिँचाई कुलो निर्माण कार्य भइरहेको अध्यक्ष चौधरीले बताएका छन।सिँचाई कुलो निर्माण पश्चताप सरावल वडा नं। ३ कोठिलहा ,श्रीनगर ,गोइनि र रामग्राम नगरपालिकाका केही गाउँमा सिचाइ कार्य गर्न सहजता हुने वडा नं। ३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायले जानकारी दिनुभएको छ। सिचाइ नभएको कारण खेत भएपनि पानी नभएपछि किसानहरु निकै समस्यामा परेका थिए । सिँचाई कुलो नभएको कारणले धान खेति र गहु खेति सोचे अनरुपको नभएको त्यहाँका स्थानियहरु बताउछन् ।
सिँचाई कुलो निर्माण कार्य सुरु भएको भन्दै किसानहरु खुसी भएका छन।

Leave A Reply

Your email address will not be published.