Jilla Ban Notis

सरावल र पाल्हिनन्दनका चारगाऊं जलमग्न, स्थानियतह देखि पार्टीका नेताहरुको अवलोकन जारी ।

0 27

कृष्ण ढकाल
साउन–२
केहि दिन देखि परेको वर्षाका कारण नवलपरासी जिल्लाको सरावल गाउ“पालिका वडा न ५,६र ७ का खडौना,मधौलिया, नौडिहवा तथा पाल्हिनन्दन गाउंपालिकाको वडा नं. १ शंकरपुरका स्थानिय वासिन्दाहरु डुवानको समस्यामा परेका छन । अहिले उनीहरुको अवस्था बुझन र राहतको पहल गर्नका लागि नेकपाका जिल्ला नेताहरु देखि युवा संघ र विद्यार्थी नेताहरु त्यस क्षेत्रको दैनिक जसो अनुगमन गरीरहेका छन् । नेकपाका जिल्ला अध्यक्ष भविस्वर तिवारी आजात,युवा संघ नेपालका संदिप अधिकारी र अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त घिमिरे,रोहित गौंढ लगाएतको टोलीले पनि सोक्षेत्रको अनुगमन गरेको थियो ।
यता
वर्षाको पानीले डुवानमा परेका स्थानियवासीहरुको अवस्था बुझन र राहतका लागि आफ्नो तयारी गर्न स्थानिय सरकारका रुपमा रहेको सरावल गाउपालिको टोलीले पनि डुवान क्षेत्रको अनुगमन गरेको छ ।
गाउंपालिका अध्यक्ष राधेश्याम चौधरी,उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रसाशकिय अधिकृत बुद्ध प्रसाद पौडेल लगाएत स्थानिय वडाध्यक्ष तथा संचारकर्मीहरुको समेतको टोलीले उक्त डुवान क्षेत्रको अनुगमन गरेको छ ।

त्यसैगरी नेपाली कांन्ग्रेसका नेता तथा संविद्यान सभा सदस्य एवं सांसदद्धय विक्रम खनाल र देवेन्द्रराज कंडेलले पनि डुवान क्ष्ँेत्रको अनुगमन गर्नु भएको छ । अहिले नवलपरासीको सरावल र पाल्हीनन्दन गाउंपालिकाका ४ गाउंका ३० बढी घर परिवार डुबानमा परेका छन् । त्यसैगरी ६ घर परिवार विस्थापित भएका छन् । डुवानका कारण १५ सय बढी बिघामा लगाईएको धानबाली डुबानमा परेको स्थानियको भनाई रहेको छ । स्थानीय झरही र धनेवा खोलामा आएको बाढीका कारण सरावल–६को खडौना, मधौलिया, नौडिहवा र पाल्हीनन्दन–१ को शंकरपुर गाउं डुबानमा परेको हो । यी वस्तीहरु वर्षेनि यसरी नै डुवानमा पर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.