Jilla Ban Notis

सरावल मा वातावरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

0 32

सरावल,२९ भदौ
बाल दिवस को अवसर पारेर संवाद किशोर किशोरी सञ्जाल सरावलले वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासीको सरावल गाउँपालिका परिसरमा आयोजीत उक्त कार्यक्रम ए बि सि नेपाल ,स्ट्रोम फाउन्डेसन र सरावल गाउँपालिको आर्थिक सहयोगमा सम्पन्न् भएको हो।
संवाद किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षाता र सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथतामा सम्पन्न् भएको कार्यक्रममा उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकि अधिकृत बु४ प्रकाश पौडेलको लगाएतको उपस्थिती रहेको थियो । बार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथ चौधरीले बाल दिवसको अवसरमा बाताबरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेर सचेतना जागृत गर्ने कार्य भएको बताउनु भएको थियो । उहांले अहिलेको यो विषम परिस्थितीमा कोरोना भाईरसबाट बच्ने उपायहरु र संगसगै बाल अधिकारका विभिन्न जानकारीहरु समुदायमा प्रभाव गर्नुका लागि उपस्थितीलाई आग्रह गर्नु भएको थियो । अध्यक्ष चौधरीले बालमैत्रि अभियानमा लाग्ने उत्तप्रेरणा जागरुप गर्न समेत सहयोग पुग्ने बताउनु भयो ।
त्यस्तै सरावल गाउपालिका उपाध्यक्ष रायले बालबालिकालार्इ राम्रो ब्यहारको आवश्कता भएकोले हामी ले एक जुट भएर बाल मैत्रि अभियान लागू गर्ने माजोड दिनु भयो । उहांले बालबालिका लाई सक्दो बालश्रम ,बालविवाह , बाल हिन्सा तथा लागू पदार्थ बाट मुक्त गराउने तर्फ लग्नु पर्ने बाताउनु भएको थियो ।
कार्यक्रममा संकल्प प्रतिष्ठान का अध्यक्ष सुशान्त घिमिरेले बालमैत्रि शुसान लागू गर्न पुर्ब बालबालिकालाई पुर्ण रुपमा शिक्षा आर्जन गराउने र उनिहरुको भावना लाई बुझेर बालमैत्रि अभियान लागू गर्ने तर्फ जागरुप गराउनु पर्ने बताउनुभएको थियो ।
संवाद किशोर किशोरी सञ्जालकी सदस्य दुर्गा बिकको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बालपुरि उपशखा सचिव सञ्जय मौर्य , कृषि शाखा प्रमुख कुलदिप मिश्रा , स्वास्थ शाखा प्रमुख ओमनारायण देवकोटा , घेरेलु तथा साना उद्योग ब्यसायि सरावलका अध्यक्ष जन्मजय यादव , समाजिक अभियानता मोहम्मद ईजहार शेष , पत्रकार उमेश बिक , समाजसेवी सुशीला हरिजन तथा किशोर किशोरीहरु लागायतको सहभागी रहेको थियो । कार्यक्रम सञ्चालन संवाद किशोर किशोरी सञ्जालका कोषाध्यक्ष सन्दिप बिकले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.