Jilla Ban Notis

सरावल गाउँपालिका अध्यक्ष चौधरीद्धारा मनरी घोलमा पक्कीपुल सिलन्यास ।

0 153

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१६
नवलपरासी जिल्लाको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मनरी घोलमा पक्कीपुल निमार्णका लागि शुक्रावार सिलन्यास गर्नु भएको छ। सरावल गाउँपालिकाको मनरी लगाएत रामग्राम नगरपालिकाको पाडाटिकर गाउँलाई समेत आवत जावतमा सहजता हुनेगरी उक्त पुल निमार्ण गर्न लागिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भएको छ ।

१ करोड ५० लाख लागत अनुमान रहेको उक्त पुलको निमार्णको ठेक्का रिद्धिसिद्धि कन्ट्रक्सनले पाएको र यहि आर्थिक बर्षमा निमार्णकार्य सक्ने गरी ठेक्का सम्झौता भएको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

मनरी घोलमा ब्यवस्तीथ पुल नहुदा त्यस क्षेत्रका जनताहरुलाई आवत जावत गर्ने र खेतीपाती लगाउन जानका लागि समेत समस्या हुने गरेको सरावल गाउापालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीका स्वकिय सचिवालय संयोजक सन्जय मौर्यले जानकारी गराउनु भएके छ ।

पक्कीपुल निमार्णका लागि शुक्रावार भएको सिलन्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन ,वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष तुफानि गुप्ता,बासा चौकि ईन्चार्ज यादव न्यौपाने,समाजसेवी भेषनरायण चौधरी,सुसान्त घिमिरे,गोपिचन्द हरिजन,नगेन्द्र बहादुर चौधरी ,जेके कोईरी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.