Jilla Ban Notis

सरकार चलाउनेलाई सर्वसाधरणको गुनासो ।

0 60

नेपालमा महामारीको बेलापनि नेताहरु कुत्ती  राजनीति गर्दैछन् । पर्यटन तथा उड्ययन मन्त्रीलाई थाहै नदिइ उद्धार उडान रोकिन्छ,चार्टड फ्लाईट क्यान्सिल गरेर एयरपोर्टमा यात्रु अलपत्र पारिन्छ,कस्तो अपरिपक्क नेतृत्व हो यो ? समन्वय गर्न पर्दैन ? दुबई पुगिसकेको जहाज लाइन लागेका बसेका यात्रु छोडेर रित्तै फर्काउने के तरिका हो यो ?

सोचेर नै मन अातिन्छ, तपाईं एयरपोर्ट पुगेपछि तपाईं उड्ने बिमानको उडान रद्द भो,त्योपनि अहिलेको महामारीको अवस्थामा । अहिलेको अवस्थामा खाली पेट बस्नु परेको छ,बाहिर निस्कन त गार्हो छ,यो बेला एउटा नेपाली यूएई छोडेर नेपाल जाँदैछ,एयरपोर्ट पुगेपछि जहाजको उडान रद्द भो, कस्तो बिजोग हुन्छ ? कल्पना मात्रैले पनि सिरिङ्ग हुन्छ ।

भएको पैसा नेपाल पठाएर ५०-१०० दिर्हाम गोजीमा हुन्छ, त्यो पनि धेरैको कम्पनीले नदिएको अवस्था पनि छ ।  आफु बस्ने कोठा खाली गरेर ओढ्ने ओछ्याउने भाँडाकुँडा कि साथीलाई दिएर नत्र घर अाउने भनेपछि तह लगाएर,आफु बस्ने कम्पनीले भाडामा दिएको कोठाको चाभी रियल स्टेटलाई बुझाई सकेको हुन्छ । ५०० किमि बाटो तय गरेर एयरपोर्ट पुगेपछि उडान रद्द हुन्छ,फर्केर  आउन सम्भव छैन्,बस्ने ठाउँ हुन्न,फर्केर जाने ठाउँ छैन,सडकको बास हुन्छ/खाने पैसो छैन,एयरलाईन्सले जिम्मा लिँदैन,अन्तिम अवस्थामा यसरी उडान रद्द गर्दा जनतालाई के असर पर्छ भन्ने यत्ति पनि हेक्का नभएका मान्छे सरकारमा छन् ।आफ्ना जनताले दुख पाएकोमा कत्ति पनि हिनताबोध छैन यिनलाई ? जहाज आउँछ र रित्तो फर्किन्छ ।

उद्दार उडान रोकिएको कुरो उड्ययन मन्त्रीले रित्तै जहाज फर्केपछी मात्रै थाह पाउछन् । के यही दिन देख्नको लागि हामी युवाहरुले ज्यानको बलिदान दिएर,परिवारको प्रवाह नगरि तपाईहरुको लागि अहोरात्र खटेर तपाईहरुलाई त्यहाँ सम्म पुर्याएको हो?

लक्ष्मण आचार्य
बर्दघाट नपा-१३
नवलपरासी (बसुप)

Leave A Reply

Your email address will not be published.