Jilla Ban Notis

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

0 23

चैत्र–९

कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट चैत १० बिहान १० देखि १६ गतेसम्म यात्रु आवागमन स्थगितगर्ने निर्णय गरेको हो।भारतसँग ३९ मोटरेबल, १ सय २५ सामान्य नाका, चीनसँग २ मोटरेबल र अन्य ४ वटा नाका छन्।  
    यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्मिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले जानकारी दिए। उक्त कोषका लागिसबै मन्त्री १र१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ।  यस्तै सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विकास गर्ने र अस्पताल उपचारमा सेना, प्रहरी र सशस्त्रका चिकित्सक टोली खटाउने निर्णय गरिएको छ। त्यस्तै चिकित्साका लागि आवश्यक औषधि, उपकरण, सुरक्षाका सामग्रीका लागि सहयोगी मित्रराष्ट्र दातृ निकायहरुसँग सहकार्य गरी परराष्ट्र, स्वास्थ्य मन्त्रालयको सहयोगमा अर्थमन्त्रालयले पहल गर्ने निर्णय भएको उनले जानकारी दिए।  @ कान्तिपुरअनलाईन

 

Leave A Reply

Your email address will not be published.