Jilla Ban Notis

सडक दुर्घटना न्यूनिकरणको सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

0 12

उर्मिला यादव

सुनवल,मंसिर २३
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले पश्चिम नवलपरासी जिल्लाभित्र पर्ने पूर्व पश्चिम लोकमार्ग तथा भित्र सडकहरुमा गुडने सवारी साधनहरुको नियमित चेकजाच गर्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मिलाउने निर्णय गरेको छ ।  जिल्ला प्रशासन पश्चिम नवलपरासीको आयोजनामा आज सोमबार परासीमा एक कार्यक्रमको आयोजना गरी सडक दुर्घटना न्यूनिकरणको सम्बन्धमा छलफल कार्यक्रममा सो निर्णय गरीएको हो ।
कार्यक्रममा सार्वजनिक यातायातका सवारी साधनहरुमा क्षमता भन्दा वढी यात्रुहरु वोक्न तथा राख्न नदिने ट्राफिक प्रहरीले यातायात व्यवशायीहरुसंग समन्वय गरी विशेष अभियान सञ्चालन गर्ने पनि जनाएको छ । ट्रक लगायतका ढुवानीका सवारी साधनहरुमा यात्रुहरुलाई नचढाउने व्यवस्था ट्रक तथा टिपर व्यवशायिकहरुसँग र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले जानकारी दिनु भएको छ । उहाले सवारी चालक तथा यात्रुहरुलाई ट्राफिक सचेतना सम्बन्धी ९चालकले मादक पदार्थ सेवन गर्न नहुने, सवारी चलाउदा मोवाइलको प्रयोग नगर्ने आदी कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालयले यातायात व्यवशायी संस्था एवं ट्रक तथा टिपर व्यवसायिकहरुसँग समन्वय गरी सञ्चालन गर्ने बताउनु भएको छ । कार्यक्रममा सडक परमिट प्राप्त नभएका सडकहरुमा यातायात संचालन नगर्ने र परमिट लिने तर्फ पहल गर्ने , सडक अतिक्रमण, सडकमा निर्माण सामाग्री थुपारी आवागमनमा वाधा पुर्याउने कार्यलाई स्थानिय तहहरुले स्थानिय प्रहरीसंग समन्वय गरी तत्काल रोक्ने निर्णय पनि गरेको मरासिनीले जानकारी दिनुभयो । उहाले पटक पटक यस्ता कार्यमा संलग्न हुनेहरुलाई कानून बमोजिम कारवाही गर्ने पनि बताउनु भएको छ । यस्तै गरी कार्यक्रममा छाडा पशु चौपाया तथा हाटवजार सम्बन्धमा स्थानीय तहहरुले उचित व्यवस्थापन गर्ने जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी विषयलाई नियमित छलफलको विषय वनाउने जस्ता निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्ययोजना तयार गरी जिल्ला प्रशासन कार्यालय, बर्दघाट सुस्ता पश्चिमका ज्योति राज अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । जसमा बर्दघाट नगरपालिकाको कार्यालय न।प।का अधिकृत प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय न।प।बसुपका प्रहरी निरीक्षक, जिल्ला ट्राफिक कार्यालय न।प।बसुपका ट्राफिक प्रहरी निरीक्षक, यातायात व्यवसायी संस्थाको प्रतिनिधि लगायत सदस्य रहने गरी समिती गठन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी कार्यक्रममा यातायात सम्बन्धी ऐन, कानून एवं ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने पनि निर्णय गरीएको छ ।
सडकको मर्मत सम्भार एवं खाल्टा खुल्टी तत्काल पुर्नको लागि डिभिजन सडक कार्यालय, बुटवल, बुटवल–नारायणघाट सडक विस्तार आयोजना, स्थानीय तह लगायतका सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने , जिल्ला भित्र संचालन हुने टिप्परहरुलाई टाइम कार्डको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालले मिलाउने, सार्वजनिक यातायात संचालन हुने सडकहरुमा बस बिसौनीको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने , सुनवल क्षेत्रमा बसपार्कको व्यवस्था मिलाउन सुनवल नगरपालिकालाई अनुरोध गर्ने लगायतको निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक लालमणी आचार्य , शसस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर सहायक प्रहरी उपरीक्षक भरत खनिया , कालीध्वज गण पश्चिम नवलपरासीका सेनानी बलबहादुर थापा , राष्टिय अनुसन्धान जिल्ला कार्यालय पश्चिम नवलपरासीका प्रभु मल्ल, प्याप्सन नवलपरासीका अध्यक्ष इन्द्र गुरुंग , मध्य नेपाल यातायात प्रालि पश्चिम नवलपरासीका ऋषिराम पौडेल, डिभिजन सडक कार्यालय रुपन्देहीका इन्जिनियर सबिता ज्ञवाली , यातायात ब्यवस्था कार्यालय रुपन्देहीका मुक्ति प्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.