कृष्ण ढकाल
बर्दघाट,चैत्र–१६
कोरोना भाईरसको प्रकोप फैलिनवाट रोक्नका लागि जनचेतना फैलाउने उश्द्धेश्ले आज सगरमाथा युवा क्लब सरावल–१ , बसही (नयाँटोल )ले सावुन वितरण गरेको छ । संथापक उपाध्यक्ष भक्तिराम न्यौपाने र अध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेको नेतृत्वमा स्थायिनवासीहरुको घर घरमा पुगी सावुन वितरण गर्दे जनचेतना प्रदान गर्ने कार्यकार्य गरीएको अध्यक्ष टपेन्द्र प्रसाद न्यौपानेले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । विश्वमा नै फैलिएको नोवेल कोरोना भाइरस विरुद्ध सचेतनात्मक संन्देश प्रवाहगर्दै घर घरमा पुगी स्वास्थ सामग्री वितरण गरेको प्रति स्थानियवासीहरुले क्लवलाई धन्यवाद प्रदान समेत गरेको संथापक सदस्य सञ्जय चौधरीले जानकारी गराउनु भएको छ । आपता विपतका वेलामा सहयोग गर्न र समाजको विकासका लागि एक भएर अघिबढेको सगरमाथा युवा क्लब सरावलले आगामी दिनमा पनि युस प्रकारका कार्यगर्न हौसला मिलेको क्लवका पुर्व अध्यक्ष मीन प्रसाद भट्टराईले बताउनु भएको छ । क्लवले संचालन गरेको सो अभियानमा पुर्व उपाध्यक्ष चन्द्रकान्त पाण्डे , पुर्व सचिव कृष्ण प्रसाद भण्डारी , नुमकान्त गैरे , दिवस रेग्मी , राज पोखरेल , हरि सुवेदी , ईश्वर चौधरी , दिनेश नाउ , लोकेश तिवारी , मिथुन चौधरी , हरि पाण्डे, लगायतको सहभागीता रहेको थियो ।
