Jilla Ban Notis

श्रमजिबी पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यन्वयन, अवस्था र चुनौती बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम  सम्पन्न ।

0 20

रामु भुषाल
परासी,मंसीर–२१

न्यूनतम पारिश्रमिक निर्धारण समिती संचार रजिष्टार कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको सयोंजनमा श्रमजिबी पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यन्वयन, अवस्था र चुनौती बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम शनिबार महासंघको सभाहल परासीमा सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीको अध्यक्षता तथा वरिष्ठ पत्रकार किशोर नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले पत्रकारहरुलाई तत्काल न्यूनतम पारिश्रमीक पाउनुपर्ने बाताबरण मिलाउन पारिश्रामिक समितीलाई अग्रह गदै उहाँले श्रमजिबी पत्रकारहरुलाई मिडीया हाउसहरुले पनि न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सरकारले न्यूनतम पारिश्रमीक निर्धारण गरेपनि मिडिया हाउसहरुले न्यूनतम पारिश्रमीक कार्यन्वयन नगर्दा श्रामजिबी पत्रकारहरुले पारिश्रमीक पाउन नसकेको अवस्था रहेको समेत बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका अध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले समीतीले मिडीया हाउसहरुलाई पत्रकारहरुले पाउनु पर्ने न्यूनतम पारिश्रमिक बैकींग प्रणालीमा भुक्तानी आधार निती बनाएको बताउदै उहाँले सरकारले मिडिया हाउसहरुलाई सामानुपातिक अधारमा समानुपाति बिज्ञापन प्रणली अपनाएर बितरण गरिरहेको बताउदै जिल्लामा र मोसलमा निस्कने पत्रिकाहरुलाई सरकारलाई समानुपातिक प्रणाली अनुसार बितरण गर्न सुझाव दिएको जनकारी गराउनुभएको थियो । पराजुलीले मिडीया हाउसहरुले सरकारले तोकेको न्यूनत पारिश्रामिक अनुसार पत्रकारहरुलाई न्यूनतम पारिश्रमि दिन अनाकानी गरेमा श्रमजिबी पत्रकारहरुले न्यूनतम पारिश्रमिक समितीमा उजुरी गर्न अग्रह गदै ती मिडीया हाउसहरुलाई समितीले कारवाही गर्ने समेत बताउनुभएको थियो ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले न्यूनतम पारिश्रमिक समितीले प्रभावकरी अनुगमन गर्न माग गदै तत्काल सुक्ष्म तरिकाले अनुगमन प्रभावकारी बनाएर श्रमजिबी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक दिलाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महांसघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा, महासंघ नवलपरासीका पुर्व अध्यक्ष केशव पराजुली, रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी लगाएतले आ आफनो धारण राख्नुभएको थियो । सोही अवसरमा कार्यक्रममा सहभागीहरुले न्यूनतम पारिश्रमिक समितीले प्रभावकरी अनुगमन नगर्दा न्यूनतम पारिश्रमीक पाउन नसकेको गुनासो गर्दै उनीहरुले न्यूनतम पारिश्रमिक समितीले प्रभावकरी अनुगमन नगर्दा श्रमजिबी पत्रकारहरुले पारिश्रमीक पाउन नसकेको समेत बताएका थिए । सो अवसरमा जिल्लामा सञ्चालित विभिन्न मिडिया हाउसका प्रमुख वा प्रतिनिधि, मिडियामा आबद्ध रहेका पत्रकारहरु लगाएतको उपस्थिती रहेको कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष हरि शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव राज कुमार रेश्मीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.