Jilla Ban Notis

शाही युवा शक्ति नेपाल नवलपरासी र शिव सेना नवलपरासीद्धारा एमसिसीको विरोध ।

0 46

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्र विरोधी भन्दै शाही युवा शक्ति नेपाल नवलपरासी र शिव सेना नवलपरासीले आज बर्दघाटमा विरोध प्रर्दशन गरेका छन् । बर्दघाटको त्रिवेणी चोकवाट शुरु भएको उक्त विरोध र्यालीले बर्दघाट नगरपालिकालाई परिक्रममा गरेर पुनः त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको थियो । सो अवसरमा शाही युवा शक्ति नेपाल नवलपरासीका जिल्ला अध्यक्ष मिलन श्रेष्ठ,शाही युवा शक्ति नेपाल प्रदेश नं. ४ का अध्यक्ष राजेश मैनाली,शिव सेनाका नवलपरासी जिल्ला अध्यक्ष उपेन्द्र गौतम,विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य देवि घिमिरे लगाएतले आ–आफ्ना भनाईहरु राखेका थिए । उनीहरुले वर्तमान सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) तत्काल खारेज गर्न तर्फ लाग्नु पर्ने भन्दै विरोध गरेका थिए ।

Leave A Reply

Your email address will not be published.