Jilla Ban Notis

विकाससंगै सामाजिक सम्बन्धहरु कमजोर बन्दै ः स्वास्थ्य मन्त्री त्रिपाठी

0 37

गौरीशंकर जयसवाल

परासी १० फागुन
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बिकास प्रणालीले गर्दा सामाजिक सम्बन्धहरु कमजोर बन्दै गएको बताउनु भएको छ । उहांले बिकास प्रणालीले गर्दा आमा बुवाहरुको सम्बन्ध छोराछोरीसंग धेरै कम भएको बताउनु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्धारा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको निरन्तरताका लागि अक्षय कोष स्थापनाको शुभारम्भ गदै मन्त्री त्रिपाठीले सो कुरा बताउनु भएको हो । उहांले यो समस्या समाजिक समस्याको रुपमा रहेको ह्ुनाले यसमा स्थानिय निकायले मात्र पहल गरेर नहुने हुदाँ सरकारी स्तारबाटै जिम्मेवारी लिनुपर्ने खाचो बढै गएकोले यसलाई राजकीय दायित्वमा ल्याउन आफुले पहल गर्ने बताउनुभयो ।


उहाँले कोरानाको जोखिम अझै पनि कमी नभएको हुदाँ सरकारको बिगतकको निर्णय अनुसार ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई मात्र कोभिडबिरुद्ध खोप निःशुल्क दिने योजना रहेको बताउदै हाल सरकारसंग पर्याप्त मात्रमा खोप उपलब्ध भएको हुदाँ अब ५५ बर्ष भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई स्थानिय खोप केन्द्रमा गई खोप लागाउन अग्रह गर्नुभयो ।

कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल अर्चायको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एवं नेकपाका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी,सुनवल नगरपालिका नगर उप प्रमुख दधिराम अर्याल ,भूमि सम्बन्धी अयोगका जिल्ला अध्यक्ष बिमला अर्याल, समाजसेबी थानप्रसाद गैरे लगायतले आ–अफानो धारण राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष अर्चायले संस्थाका गतिबीधीको बारे जानकारी गराउनुभएको थियो भने सस्थाका उपाध्यक्ष श्याम श्रेष्ठको स्वातमन्व्य रहेको कार्यक्रममा अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । हाल उक्त कोषमा २५ लाख नगद जम्मा भएको र उक्त रकम तिनाउ बिकास बैकमा जम्मा गरिएको र त्यसबाट प्राप्त हुने व्याजले दिवा सेवा केन्द्रलाई धेरै राहत पुगेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.