Jilla Ban Notis

लुम्बिनी प्रदेशमा फेरी मन्त्री थपिए ,मन्त्रीको संख्या १० पुग्यो ।

0 43

बैशाख–२१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले  आफ्नो मन्त्री मण्डल विस्तार गर्नु भएको छ । बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री हुनुभएको छ भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु भएको छ । यसका साथै सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित कपिलबस्तुका धर्मलाल प्रसाद श्रीवास्तवले शिक्षा तथा सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । श्रीवास्तव आईतबार दिनभरी विपक्षी गठबन्धनमा बसेर मुख्यमन्त्रीको विपक्षमा उभिए पनि सोमबार मुख्यमन्त्रीको समर्थन गर्न पुग्नु भएको थियो ।

त्यसैगरी यस अघि मन्त्री परिषदमा सहभागी मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । यस अघि स्वास्थ्य तथा जनसख्या मन्त्री बनाईएका प्युठानका हरि रिजाललाई ग्रामिण तथा सहरी बिकास मन्त्रालय,यस अघि सामाजिक तथा शिक्षा मन्त्री रहेकी कल्पना पाण्डेलाई उद्योग तथा बातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत रहेका छन्। लुम्बिनी प्रदेशमा आजबाट मन्त्री मण्डल १० सदस्सीय भएको छ ।

Leave A Reply

Your email address will not be published.