Jilla Ban Notis

लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि नेपाल सरकारले दार्चुलामा सीमा निगरानी चौकी (बिओपी) स्थापना गर्यो ।

0 22

बैशाख–३१
लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि नेपाल सरकारले दार्चुला जिल्ला व्यास गाउँपालिका–१ छाङ्गरूमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा बुधबार सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको हो । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन । छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.