Jilla Ban Notis

लायन्स क्लब अफ नवलपरासी दाउन्नेको अध्यक्षमा तिलक खनाल

0 65

कृष्ण ढकाल
बर्दघाट,बैशाख–११
लायन्स क्ल्ब अफ नवलपरासी दाउन्नेको हिजो अर्थात शुक्रवार बसेको बैठकबाट तिलक राम खनालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
बर्ष २०२०र२१का अध्यक्ष लायन रामचन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले खनालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन चयन गरेको हो । क्लबका पुर्व अध्यक्ष गुरुदत्त पौडेलको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले खनाल नेतृत्वको टोलीलाई बैधानिक्ता दिएको थियो।
नव गठीत कार्यसमितिमा तिलक राम खनाल अध्यक्ष , भिम सुवेदी प्रथम उपाध्यक्ष , कमल पौडेल द्वितीय उपाध्यक्ष र रमेश कुमार श्रेष्ठ सचिव पदमा रहनु भएको छ । त्यसैगरी गणेश प्रसाद घिमिरे कोषाध्यक्ष रहनु भएको छ भने सदस्यहरुमा यज्ञ प्रसाद पौडेल,युवराज खत्री, लिलाहरी पौडेल , सेवक भण्डारी , लक्ष्मण पाण्डे र कृष्ण पराजुली कल्बको विभिन्न जिम्मेवार पदमा बोर्ड मेम्बरमा निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत गुरुदत्त पौडेलले जानकारी दिनु भएको छ।
बैठकमा झण्डाको अभिवादन रमेश कुमार श्रेष्ठले गर्नु भएको थियो भने बैठक संचालन सचिव भिम सुबेदिले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.