Jilla Ban Notis

लागतमुल्य बढी,बिक्रिमुल्य कम भएका कारण पेशावाट नै विस्तापित हुने भयौं ः किसान

ठमाटरका बारेमा जानकारी लिन किसानहरुको खेतवारीमा पुगे नगर उप–प्रमुख

0 341

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
बर्दघाट नगरका किसानहरुले आफुले उत्पादन गरेको ठमाटरको लागत मुल्य बढीपर्ने र आफुले कम मुल्यमा बिक्रि गर्नु पर्ने भएका कारण आफुहरु कृषि पेशावाट नै विस्तापित हुने अवस्था सृजना भएको गुनासो गरेका छन् ।
नगरका किसानहरुले उत्पादन गरेको ठमाटरका बारेमा जानकारी लिन किसानहरुको खेतवारीमा पुगेका बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश पाध्यायसंग बर्दघाट–१४ बेलाहानीका ब्यवसायिक किसान बासुदेव नेपाल र राम प्रसाद नेपालले उक्त गुनासो गर्नु भएको हो ।

बर्षौ देखि आफ्नो चार घर परिवारका दाजुभाईहरुले ब्यवसायिक खेती गर्दै स्थानिय २० देखि ३० जना ब्यीक्तहरुलाई रोजगारी समेत दिदै आएपनि अहिले सम्म आफुहरुले गरेको ब्यवसायिक तरकारी खेतीमा लागत बढी पर्ने र बजारीकरणको समस्याका कारण आफुले उत्पादन गरेको तरकारीले उचीत मुल्य नपाएको गुनासो गरेका हुन ।

बर्षीेनी करिब २० विगाहा जग्गामा ब्यवसायिक तरकारी खेती गर्दै आएका नेपाल दाजुभाईले अहिले गरेको टमाटर खेतीबाट दैनिक करिब १० टन बढी टमाटर टिप्ने गरेपनि बजारीकरणको समस्याले उचित मुल्य नपाउदा प्रतिकेजी ५ देखि ६ रुपैयांमा विक्रिगर्न बाध्य भएको गुनासो गरेका थिए ।

टमाटरका वारेमा जानकारी लिदै

केहि वर्ष अघि किसानले उत्पादन गरेको टमाटरले बजार नपाएको भन्दै किसानले बर्दघाट नगरपालिकाको कार्यालयका कोठाभरी ठमाटर लगेर फालेको र यस बर्ष चितवनका किसानहरुले आफुले उत्पादन गरेको टमाटर सडकमा लगेर फाल्न शुरु गरेपछि बर्दघाटका टमाटर खेती गर्ने किसानहरुको समस्या बुझन भन्दै नगर उप प्रमुख किसानको खेतबारीमै पुग्नु भएको थियो ।

सोही क्रममा नगर उप प्रमुख उपाध्यायले किसानले उत्पादन गरेको तरकारीको बजारी करणका लागि सहज होस भनेर नगरपालिकाले नेपाल रेडक्रश उप शाखा बर्दघाटको भवनमा तरकारी संकलन तथा विक्रि कक्ष संचालन गरेको र बढी उत्पादन गर्ने किसानहरुको तरकारी ढुवानीमा समेत नगरले केहि सहयोग गर्न सक्ने भएकाले प्रक्रियागत रुपमा नगरको कृषि शाखामा समन्वय गर्न आग्रह गर्नु भएको थियो । किसानहरुको समस्याको समाधानका लागि नगर लागि परेको बताउदै त्यसका लागि बैकल्पीक उपाए भएमा नगरमा सुझाव दिएमा नगरले लगानी गर्न समेत तयार रहेको बताउनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.