Jilla Ban Notis

लक डाउनका वेला बर्दघाट क्षेत्रका वैंकहरुमा मानिसहरुको घुईचो ।

0 30

टेक बहादुर बुढाथोकी
बर्दघाट,जेष्ठ–२०
कोरोना संक्रमणवाट सचेत हुनु पर्ने अहिलेको अवस्थामा लक डाउनका वेला बर्दघाट क्ष्ँेत्रका वैंकहरुमा मानिसहरुको घुईचो लागेको छ । दैनिकरुपमा वैकहरु संचालन नभएका कारणले पनि वैंक खोलेका दिन मानिसहरुको घिड बढेको हो । सामाजिक दुरी कायमगरी नगरपालिकाले तोकेको दिन र समयमा मात्र बैंकले आफ्नो सेवा प्रवाहगर्नु पर्ने कारणले गर्दा मानिसहरुको भिड बढेको बर्दघाटका बैंक म्यानेजरहरुले बताएका छन् । तर उनीहरुले आफुहरुले आफ्ना कार्यालयहरुमा कर्मचारी खटाएर सामाजिक दुरी कायम गर्न नसकेका कारण सेवाग्रहरीहरु एकैठांउमा झुम्मिदा कोरोना संक्रमित भएको भए त्यो एक वाट अरुमा सजिलैसंग फैलन सक्ने प्रवल संभावना रहेको छ । सेवाग्रहीहरु र सेवा प्रदायक वैंकहरुको त्यस प्रति ध्यान पुग्न सकेको छैन ।आज बर्दघाटको वाणीज्य बैकमा सेवा लिन आएका सेवाग्रहीहरु लाईनमा हाईवेसम्मनै निक्कै भिडभाडका रुपमा रहेको दृश्य देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.