Jilla Ban Notis

राष्ट्रिय युवा संघ बर्दघाट नगर कमिटीद्धारा घेराचिन्ह बनाउने अभियान शुरु ।

नवलपरासीका क्वारेन्टाईनहरुमा राखिएको संख्या ४१

0 41


कृष्ण ढकाल
बर्दघाट,चैत्र–१५
विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि बर्दघाट बजारमा नेकपा निकट राष्ट्रिय युवा संघ बर्दघाट नगर कमिटीले घेरा चिन्ह बनाउने अभियान शुरु गरेको छ । अतिआवश्यक सामानहरु खरीद गर्न आउने उपभोक्ताहरुको सचेतनाका लागि सो अभियान शुरु गरेको युवा संघका नगर संयोजक राजेश तिवारीले जानकारी गराउनु भएकोछ । आज मात्र बजारका १७ वटा पसल अगाडी त्यस प्रकारका  चिन्हहरु बनाईएको बताउनु भएको छ । क्रेता र विक्रेता दुवैको भौतिक दुरी कायम राखेर कोरोनाबाट बच्न आग्रह गर्दै अत्यावश्यक बस्तु बेच्ने पसलहरुका अगाडि घेरा लगाउने कार्य गरेको संघका नगर संयोजक राजेश तिवारीको नेतृत्वमा रहेका सहभागिहरुको भनाई रहेको थियो ।

नवलपरासीका क्वारेन्टाईनहरुमा राखिएको संख्या ४१

नवलपरासीका सातवटै स्थानमा रहेका क्वारेन्टाईनहरुमा राखिएको कोरोनाको शंकास्पद व्यक्तिको संख्या आज सम्म ४१ पुगेको बताइएको छ । पाल्हीनन्दनमा ६ जना, सुनवलमा १७ जना, बर्दघाटमा ४ जना, प्रतापपुरमा ७ जना,  सुस्तामा ७ जना रहेका जानकारी आएको छ ।
उता आज लकडाउन उल्लङ्घन गर्ने २३ सवारी साधनलाई जिल्लाका विभिन्न स्थानवाट प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड–१९ को जोखिम रोकथाम गर्न सरकारले घोषणा गरेको लकडाउन पालना नगर्ने सवारी साधनलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै आज सम्म लकडाउन अवधिभर १ सय ८० सवारी साधनहरु प्रहरी कारवाहीमा परेका छन ।

Leave A Reply

Your email address will not be published.