Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीद्धारा ४१ थान पिपिई हस्तान्तरण

0 32

गौरीशंकर जयसवाल
परासी ३ बैशाख
राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले प्रमुख जिल्ला अधिकारीलाई पिपिई हस्तान्रण गरेको छ । राष्ट्रिय युवा संघले आज एक कार्यक्रमको  बिच प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल मार्फत सिमानाका खटिएको प्रहरीहरुलाई पिपिई हस्तान्तरण गरेको हो । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी लगाईको लडाउनका कारण भारतबाट नेपाल भित्रिन नदिन पश्चिम नवलपरासीको सिमानाकामा खटिएको सशस्त्र प्रहरी नेपाल प्रहरीहरुलाई सुरक्षात्मक ४१ थान पिपिई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीका जिल्ला संयोजक युवराज डुम्रेले जानकारी दिए । उनले भने नवलपरारसी खुल्ला सिमानाकामा उनीहरुको सुरक्षाको निम्ति सशस्त्र प्रहरी नेपाल प्रहरीहरुलाई सहयोग स्वरुप पिपिई हस्तान्तरण गरिएको बताए । सामाजिक उत्तरदायित्व बाहन गर्दै नगरिकहरुलाई सुरक्षामा खटिएका सिमानाकामा सशस्त्र प्रहरी नेपाल प्रहरीहरुलाई राष्ट्रिय युवा संघको जिल्ला संयोजक युवराज डुम्रे र सहसंयोजक दिपक रानाको सक्रियताम पिपिई वितरण गरेको राष्ट्रिय युवा संघले जनाएको छ ।
विश्व स्वासथ्य संगठनले गाईडलाईन गरेको स्वीकृत भएको पिपिई सिमानाकामा खटिएको सुरक्षकर्मीहरु लाई वितरण गरिएको संयोजक डुम्रेले बताए । वितरण कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्र्टीका जिल्ला अध्यक्ष भबिश्वर तिवारी, प्रदेश सांसद दिपेन्द्र अधिकारी, पाल्हीन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता, नेकपाका जिल्ला सदस्य केशव भन्डारी,राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्यद्धय प्रकाश भट्टराई, केयर सिह लगायतको पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ४१ थान पिपिई हस्तान्तरण गरेका थिए । राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले बिपतको बेलामा जिल्लामा विभिन्न क्रियाकलाप गर्दै आएको छ । सो अनुरुप सुस्तामा राष्ट्रिय युवा संघको अगुवाईमा सुस्ता गाउँपालिकामा सुस्ता युवा भनेर नेपाल भारत सिमानकामा भारतबाट रातिको समयमा नेपाल छिर्न नदिनको लागी सिमानाकामा बिजुली बत्ती लागएको समेत बताईएको छ ।

Leave A Reply

Your email address will not be published.