Jilla Ban Notis

राष्ट्रिय युवा परिष्द नेपालका सबै जिल्ला अध्यक्षहरुले एक महिनाको सेवा सुविद्या रकम राहत कोषमा जम्मा गर्दै ।

0 19

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
राष्ट्रिय युवा परिष्द नेपालका सबै जिल्ला अध्यक्षहरुले नेपाल सरकारले स्थापना गरेको कोरोना विरुद्धको राहत कोषमा आफ्नो एक महिनाको तलव जम्मा गर्ने भएका छन् । युवा तथा खेलकुद् मन्त्रालय अन्र्तगतको राष्ट्रिय युवा परिष्द नेपालको अहिले सम्म ५९ जिल्लाहरुमा शाखाहरु रहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको न्यूनिकरणमा थोरै भएपनि सहयोग होस भन्ने उद्धेश्यले आफुहरुले उक्त सहयोग गरेको नवलपरासीका राष्ट्रिय युवा परिष्द नेपालका जिल्ला अध्यक्ष रमेश पौडेलले बताउनु भएको छ । अहिले राष्ट्रिय युवा परिष्द नेपालका जिल्ला अध्यक्षहरुले आफ्नो चैत्र महिनामा प्राप्त गर्ने एक महिनाको रकम नेपाल सरकारले स्थापना गरेको कोरोना विरुद्धको कोषमा जम्मा गर्ने निर्णय भएको रुपन्देही जिल्लका राष्ट्रिय युवा परिष्द नेपालका जिल्ला अध्यक्ष बसन्त ढकालले जानकारी दिनु भएको छ । सबै जिल्ला अध्यक्षहरुको २०र२० हजार गर्दा ११ लाख ८० हजार जम्मा हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.