Jilla Ban Notis

रामग्राम जेसीज र रामग्राम महिला जेसीजको आयोजनामा राष्ट्रिय पदाधिकारी भेटघाट

0 34

परासी, १२ साउन
रामग्राम जेसीज र रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा राष्ट्रिय पदाधिकारी भेटघाट कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेलको प्रमुख आतिथ्य र राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम भएको थियो ।

रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरी र रामग्राम महिला जेसीज वर्ष २०२० की अध्यक्ष रजनी ढकालको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवं रामग्राम जेसीजकी पूर्व अध्यक्ष यमकुमारी सुवेदी, रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष नारायण सुवेदी, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभा ज्ञवाली लगायतले नेपाल जेसीजमा देखिएको वर्तमान परिस्थितिको अन्त्य, कोरोना महामारीकाबीच जेसीज अभियानले गरेका गतिविधि लगायतका विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा रामग्राम जेसीजका अध्यक्ष अग्रहरीले निरुपित कार्यकारीणी उपाध्यक्ष खरेललाई रामग्राम जेसीजले हालसम्म गरेका गतिविधिको प्रतिवेदन तथा रामग्राम जेसीजको टिसर्ट उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.