Jilla Ban Notis

रामग्राम जेसीजद्धारा सचेतनाका लागि माक्स अभियान संचालन ।

0 16

परासी, २१ साउन
लकडाउन हटेपनि कोरोना संक्रमणको दर बढ्दै गएपछि रामग्राम जेसीज परासीले तपाइको माक्स खोई अभियान सञ्चालन गरेको छ । समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिदैँ गएको तर मानिसहरुमा माक्स नलगाई हिँड्ने हेल्चेक्राई बढ्न थालेपछि यो अभियान सञ्चालन गरिएको जेसीजले जनाएको छ । रामग्राम जेसीजको टोली तपाईको माक्स खोई भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बुद्धचोकबाट सुनवल रोड हुँदै मालपोत चोक, पूरानो नगरपालिका चोक हुँदै पुनः बुद्धचोक, महेशपुर चोक, पोखरापाली चोक, मन्झरिया चोकमा पुगेर सचेतना अभियान चलाएको रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीले जानकारी दिनुभयो ।
अभियानको क्रममा भेटिएका अधिकांश व्यक्तिहरुले माक्स भएपनि नलगाई हिँडेको तथा कतिपयले माक्स नै नलगाउने गरेको पाईएको थियो । उनीहरलाई सम्झाई बुझाई गर्नुका साथै माक्स नभएकालाई रामग्राम जेसीजले माक्स पनि वितरण गरेको थियो । कोरोना नियन्त्रण गर्ने सन्दर्भमा रामग्राम जेसीजले यसअघि पनि विभिन्न रचनात्मक तथा सचेतनामूलक कार्यक्रम गर्दै आएकोमा अहिले कोरोना नियन्त्रण आएको जस्तो सोचेर लापरवाही गर्ने क्रम बढेपछि सडकमा निस्केर अनिवार्य माक्स प्रयोग गर्न, भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न भन्दै सचेतना जगाईएको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष अग्रहरीको अध्यक्षता तथा पूर्वअध्यक्ष सुमनगोपाल आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पूर्वअध्यक्षहरु, कार्यसमिति सदस्यहरु लगायतको सहभागिता रहेको थियो । रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरीको सञ्चालन तथा कार्यक्रम संयोजक एवं कोषाध्यक्ष सन्तोष खनालको स्वागत र उपाध्यक्ष सुनता अग्रहरीको आस्था पाठमा कार्यक्रम भएको थियो ।

Leave A Reply

Your email address will not be published.