Bardaghat Na pa

रामग्राममा अक्सिजन सहित आईसाेलेसन सेन्टर संचालन

22

गाैरीशकर जयसवाल
परासी २७ बैशाख
नवलपरासीमा काेराेना सक्रमण बढदै गएपछि रामग्राम नगरपालिकाले साेमबादेखि अक्सिजन सहितकाे आईसोलेसन सेन्टर संचालन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।रामग्राम नगरपालिकाकाे वडा न ४मा रहेकाे पाल्हि क्याम्पसमा बिस बेडको अक्सिजन सहित आईसाेलेसन सेन्टर संचालनमा गरिएकाे रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।
‌ उक्त आईसाेलेसन सेन्टरमा विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजन सहितको बिस बेडमा बिरामिहरूलाई उपचार हुने नगरप्रमुख गुप्ताले जानकारी दिए । नगरभित्रका अक्सिजन लेभल कम भएका र स्वासप्रश्वासमा कठिनाई भएका कोभिड बिरामीलाई उपचार गरिने गुप्ताले बताए ।
कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालन गर्ने र त्यसकाे लागि तयारि भैरहेकाे बताए । उक्त एचडियु केन्द् प्रक्रिया अगाडि बढिसकेकाे अबकाे केही दिनमा संचालन हुने नगरप्रमुख गुप्ताले जानकारी दिए ।
नगरबासीहरुको स्वास्थ्यमा सम्वेदनशिल रहेको तथा कोभिड बिरुद्वको लडाइमा निरन्तर लागीरहेको र सबै मिलेर परास्त गर्न सकिने बिश्वास व्यक्त गरेका छन ।