Jilla Ban Notis

राजमार्गमा गाडी रोकी पैसा असुली गर्न खोज्ने ६ जना ब्यक्ति पक्राउ

0 19

बर्दघाट,मंसीर–२
पुर्व पश्चिम राजमार्गको बर्दघाटक्षेत्रमा रातीको समयमा गाडी रोकी पैसा असुली गर्न खोज्ने ६ जना ब्यक्ति पक्राउ गरेका छन् । लम्जुङ देखि रुपन्देहीको खैरनी तर्फ कुखुरा लिई जादै गरेको प्रदेश ०३ –००१ च ०२२० नम्बरको जिपलाई गत आईतवार राती करिव १ः३० बजेको समयमा जवजस्ती रकम असुली गर्न खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक एवं सुचना अधिकृत राजिव श्रेष्ठले जानकारी गारउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बर्दघाट नगरपालिका वडा नं. ४ को पुर्व पश्चिम राजमार्गमा रहेको बर्दघाट चोकमा नै उनीहरुलाई पक्राउ गरीएको थियो । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं. ४ बस्ने कमल राना, मनिष कुवंर,संजय सुनार, सुजनमान श्रेष्ठ, निर्मल खरेल र ३० को सुजन तिमिल्सीना रहेका छन् ।

रातीको समयमा सो समुहले प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी बिल भेटनरी देखा भनि गाडीको चांवी खोस्न खोजी पैसा समेत मागेको र गाडीमा रहेका केही कुखुरामा समेत क्षति पुराएका कारण उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाई बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक एवं सुचना अधिकृत राजिव श्रेष्ठले जानकारी गारउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.