Sarawal sit lahar Notis

राजनीतिक नेतृत्वकै कारण संविधान घाइते अवस्थामा पुग्यो ः पूर्वस्वास्थ्यमन्त्री त्रिपाठी

0 31

गौरीशंकर जयसवाल

परासी, ३० जेठ
पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले राजनीतिक नेतृत्वकै कारण संविधान घाइते अवस्थामा पुगेको बताएका छन् । स्वास्थ्यमन्त्रीबाट पदमुक्त भए पश्चात आइतबार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको त्रिपाठीको भनाईछ । उनले वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिएका थिए । राजनितीक बिबादले पनि सबिधानमा माथि अक्रमाण हुने गरेको त्रिपाठीको भानाईछ ।

सासद बिघाटन हुनु नै साबिधानमाथि प्रहार हुने र बेलामा दलहरु सचेत भएनन भने सबिधान नै धारप पर्ने उनले बताए । स्वातन्त्र राजनितीकका केन्द्रिय संयोजक समेत रहेका नेता त्रिपाठीले सबिधानजारी राज्य संचालनको लागि गरिएको हैन दलहरुको भागभन्ठा मिलानको लागि गरिएको त्यही अनुसार सबिधानको राज्य प्रति स्वामित्व हुने नसकेको छैन भने ।

सासदको अभावमा सबिधान चलायमान नहुने र सासद सबिधान खायल बनाउने काम भैरहेको त्रिपाठीले बताए । उनले भने अहिलेको राजनीतिक ब्लेड जस्तो छ र जाने बाल (कपाल) काट्छन । उनले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेकोसमेत उनको टिप्पणी छ । ‘संसद् पुनस्र्थापना र मन्त्री मण्डल पुनर्गठनलगायतका समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने उनले टिप्पठी गरे । ‘

अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलम पट्टी लगाउन सक्ने उनले बताए । ‘एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनस्र्थापना । विचाराधिन त्यस विषयलाई अहिले गंभिरताका साथ जनताले हेरिरहेका छन् ।’ आफ्नो नयाँ दलप्रति नेता त्रिपाठीले भने ‘त्यसका लागि पूर्वराजदुत, पूर्वसचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेका छन् ।’ २÷३ महिनाभित्र मस्यौदा तयार हुने र त्यसपछि पूर्व, पश्चिम र काठमाण्डौंमा भेला गरेर दल घोषणा गर्ने त्रिपाठीले बताए ।

Leave A Reply

Your email address will not be published.