Jilla Ban Notis

मुलुकको आर्थिक समृद्धी नै कृषि पेशा प्रदेश सभा सदस्य ः अधिकारी

0 35

गौरीशंकर जयसवाल

परासी २२ श्रवाण

प्रदेश नं. ५ का प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले मुलुकको आर्थिक समृद्धी नै कृषि पेशावाट हुने भएकाले कृषि पेशा मुख्य आधर भएको बताउनुभयो । कृषि पेशालार्इ आर्थिक समृद्ध बनाउन सकीएन भने देश समृद्ध नहुने अधिकारीको भनाई थियो । उहांले प्रदेश सरकारले कृषिलाई मुख्य प्रथामितामा राखेर बजेट बिनीयोजन गरेको समेत बताउनुभयो । आज पश्चिम नवलपरासीमा कृषि ज्ञान केन्द्रका कर्मचारीहरुको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दे प्रदेश सभासदस्य अधिकारीले उक्त कुरा बताउनु भएको हो । सरकारले किसानहरुलाई समयमा मल,बिउ सहज रुपमा उपलब्ध गराउने खालको योजनाका साथ आघि बढेको अधिकारीको भनाई थियो ।
कृषक हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष शम्भुप्रसाद उपाध्यायको अध्यक्षता तथा प्रदेश नं ५का प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो । आज कृषक हकहित संरक्षण मञ्च नवलपरासीले कृषि ज्ञान केन्द्रका सेवा निबृत्त र कार्यरत कर्मचारीलाई सम्मान गरेको हो । उनीहरुले कृषि क्षेत्रमा पुयाएको सेवाग्रहीहरुलाई सहज सेवा प्रदान गरेका सेवा निबृत्त र कार्यरत गरी चार जना कर्मचारीलाई सम्मान गरिएको कृषक हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष नगेन्द अग्रहरी,नेपाल रेडक्रस सोसईटीका सभापति राजेन्द्र अग्रहरी,राजपाका केन्द्रिय सदस्य पुुरन चौधरी,प्रेस संगठनका संयोजक बेनिमाधव बस्याल,कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख भिमनाथ शर्मालागायले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.