Jilla Ban Notis

माटस मेमोरियल इङंलिस एकेडेमि सुनवल ३ किर्तीपूरको सोह्रौ बाषिक उत्सब एवम अभिभावक दिवस सम्पन्न

0 55

अमृता सुनार

सुनवल,१५ माघ
माटस मेमोरियल इङंलिस एकेडेमि सुनवल ३ किर्तीपूरको सोह्रौ बाषिक उत्सब एवम अभिभावक दिवस आज सम्पन्न भएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त उपाध्याय तथा वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर शेनको प्रमुख आतिथ्यतामा एवम जिल्ला प्याब्सन अध्यक्ष ईन्द्र बहादुर गुरुङ , जिसन नवलपरासी अध्यक्ष धनराज चापागाइको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  बिद्मालयका प्रिन्सीपल थमन शेरचनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान , अभिभावक , पूर्व शिक्षक र ५ वर्ष भन्दा बढी पढाइ रहेका शिक्षक शिक्षिका हरुलाई सम्मान गरिएको थियो । शिक्षक विनोद पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षिका  पदमा सुवेदीले गर्नुभएको थियो । उक्त कार्यक्रमा वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर शेन, जिल्ला प्याब्सन अध्यक्ष ईन्द्र बहादुर गुरुङ , जिसन नवलपरासी अध्यक्ष धनराज चापागाइले मन्तव्य दिनुभएको थियो । सो अवसरमा शैक्षिक सत्र २०७५ मा उत्कृष्ट हुने विद्मार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्मालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.