Jilla Ban Notis

महाकवि देवकोटा नमुना माध्यमिक बिद्यालय सुनवलले ६० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति भव्य रुपमा मनाउने ।

0 72

पुजा लम्साल

सुनवल,पुस ११

महाकवि देवकोटा नमुना माध्यमिक बिद्यालय सुनवल ४ नवलपरासीले आफ्नो ६० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति भव्य रुपमा मनाउने भएको छ । यहि पौष २३ देखि २७ गते सम्म बिभिन्न कार्यक्रम गरि बार्षिक उत्सव तथा स्वर्ण जयन्ति मनाउने बिद्यालयले जनाएको छ । बिस २०१६ सालमा स्थापित बिद्यालयले २०५२ साल मा रजत जयन्ति मनाएको थियो । कार्यक्रम सफल पार्नका लागि बिद्यालय व्यवस्थापन समितिले बिभिन्न संघसस्था, राजनैतिक दल, शिक्षापे्रमि संगको भेटघाटलाई पनि तिब्रता दिएको छ । यसैबिच आज बिद्यालयको कक्षा ११  र १२ मा अध्यनरत बिद्यार्थिहरुसंग बिबिध बिषयमा छलफल गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल र सदस्य गिरीराज पाण्डेको उपस्थितिमा आज छलफल गरि बिद्यार्थिहरुबाट सहयोग साथै बिभिन्न जिम्मेवारीहरुका बारेमा राय सुझाव संकलन गरिएको छ । यसअघि बित्तिय संस्था, भुपु अध्यक्ष र पुर्व शिक्षकहरु, सुनवल नगरपालिका, निजि बिद्यालय, सुनवल नगर स्तरीय व्यवस्थापन समिति संजाल, बिभिन्न राजनैतिक दलहरु संग कार्यक्रमका बारेमा छलफल गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।बिद्यालयको स्वर्ण जयन्तिका अवसरमा बिद्यालयलाई स्थापना कालदेखि बिभिन्न बिधामा योगदान पुराउने महानुभावहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको बिद्यालयले जनाएको छ । कार्यक्रममा संघ,प्रदेश र स्थानिय तहका प्रतिष्ठित व्यक्तिहरुको सहभागिताका साथै स्थापना काल देखि हाल सम्म बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुकोपनि सहभागिता रहने गरि भुतपुर्व बिद्यार्थि संजाल गठन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.