Jilla Ban Notis

मनाङमा हिमपातः तापक्रम माइनस आठ डिग्री

0 22

लमजुङ, माघ २३
हिमाली जिल्ला मनाङमा शुक्रबार बिहानैबाट हिमपात भएको छ । तल्लो क्षेत्रको वस्तीसम्म हिमपात भएको स्थानीयले बताएका छन् ।

चामेका पाल्साङ गुरुङका अनुसार बिहान ८ बजेबाट हिउँ पर्न थालेको हो । दिनभर हिमपात भएको र बेलुका केही कम मात्रामा हिउँ परेको उहाँले बताउनुभयो । ‘विहानैबाट हिउँ परेको छ । करिव २ फिटसम्म हिउँ जमेको छ’ उहाँले भन्नुभयो, ‘चिसो बढेको छ । बाहिर निस्कन गाह्रो छ । उमेरका मानिस हिँड्न सकेपनि बुढाबुढी र बालबालिका हिँड्न सकेका छैनन् । भित्रै आगो तापेर बस्नुपरेको छ ।’

हिमपातपछिको चिसोले जनजीवन प्रभावित भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका स्वास्थ्यकर्मी ललिता गुरुङका अनुसार शुक्रबार दिउँसो ठूलो मात्रामा हिमपात भएको छ । चिसो अत्याधिक बढेको छ । बाहिर निस्कन सकिएको छैन । तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेको उहाँले बताउनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार शुक्रबार बिहानबाट हिउँ परिरहेको छ । बिहान साढे ८ बजेबाट हिमपात भएको हो । बेलुकासम्म हिउँ परेको उहाँले बताउनुभयो । चामेमा २ फिटसम्म हिउँ जमेको छ । उहाँले भन्नुभयो–‘हिउँ निरन्तर परिरहेको छ । तल्लो क्षेत्रमा पनि हिउँ परेको छ । चिसोले नागरिकलाई बाहिर आउन समस्या छ । हिमपातका कारण स्थानीय, पर्यटकलाई समस्या हुन सक्छन् भनेर नेपाली सेना, नेपाल प्रहरी, हामी निरीक्षणमा हिँडेका छौं ।’

हिमपातका कारण लमजुङ क्षेत्रबाट मनाङमा सवारी साधन सञ्चालन हुन सकेको छैन । चामेबाट माथिल्लो क्षेत्रमा पनि सवारी सञ्चालन भएको छैन । जुन ठाउँमा सवारी पुगेको छ, त्यही ठाउँमा रोकिएको प्रजिअ लामिछानेले बताउनुभयो । पर्यटक होटलमा रोकिएका छन् ।@गोरखापत्र अनलाइन

Leave A Reply

Your email address will not be published.