Sarawal sit lahar Notis

मनरीमा थारु संस्कृति संरक्षणका लागि ‘माघी खिचडी महोत्सव’ सुरु

0 87

सरावल,उमेश बि.क

,२९ पुस

नवलपरासीको मनरीमा १४ औँ खिचडी ‘माघी महोत्सव’सुरु भएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा आयोजना गर्दै आएको माघी महोत्सव सरावल गाउँपालिका वडा नं। २ मनरीमा मंगलबार उदघाटन भई माघ १ गते सम्म सञ्चालन हुने भएको छ । पर्यटन बर्ष २०२० लक्षित गर्दै जिल्लाको पहिलो कार्यक्रम तथा माघि महोत्सव प्रदेश नं। ५ ,जिल्ला समन्वय समिति नवलपरासी र सरावल गाउँपालिकाको सहयोग तथा श्रीराम युवा प्रतिष्ठानको आयोजनामा ुुआपन धरम आपन ईमान, कला संस्कृति आपन पहिचानुु भन्ने मुल नाराका साथ सुरु भएको हो।प्रतिष्ठानका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता तथा प्रदेश पाँच सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो।महोत्सव उद्घाटन गर्दे मन्त्री चौधरीले यस्ता मेला महोत्सवले कला संस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री चौधरीले वर्षेनि आयोजना हुदै आएको मेलाको निरन्तरताको शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख शिवशंखर राय, सरावल गाँउपालीका अध्यक्ष राधेश्याम चौधरी,उपाध्यक्ष उत्तमा राय ,सरावल गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी ,वडा नं। २ का वडा अध्यक्ष सम्भु प्रसाद चौधरी, विभिन्न राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,थारु नेता लगाएतको उपस्थिति रहेको थियो ।मेलामा थारु समुदायले प्रयोग गर्दे आएका विभिन्न सामाग्री पनि प्रर्दशनमा राखिएको छ । महोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको प्रतिष्ठानका मेला संयोजक चक्रमणि चौधरीले जानकारी दिनुभयो ।पहिलो रक्तदाता सरावल गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मीबाट सुरु गरी २५ जनाले रक्तदान दिइएको आयोजकले जानकारी दिइएको छ।महोत्सवको उद्घाटन अगाडी थारु समुदायको पहिचान झल्कने भुेषभुषा सहितको झाँकिले विभिन्न स्थल परिक्रमा गर्दे मेला स्थल आएको थियो ।

खिचडी महोत्सवमा बुधवार थारु समुदायको खानाको परिकारहरु मुख्य आर्कषणको रुपमा रहने प्रतिष्ठानका नगेन्द्र चौधरीले जानकारी दिनुभयो । थारु खाना महोत्सवमा विशेषगरी घोगि आर्कषणको रुपमा रहने छ ।साथै मेलामा थारु समुदायको संस्कृति झल्कने विभिन्न नृत्य पनि प्रर्दशन गरिने आयोजकले जनाएको छ । प्रतिष्ठानले विगत १३ वर्ष देखि निरन्तर माघिको अवसरमा खिचडी महोत्सव गर्दे आएको छ ।१४ औँ खिचडी ‘माघी महोत्सव’ मेलामा माघ १ गते झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच, हस्तकला प्रदर्शन र खानाका परिकारहरुको स्टल,खुल्ला पुरुष भलिबल प्रतियोगिता,चिट्ठा कार्यक्रम,थारु नाटक, थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय गायक श्रीनिवास चौधरी ,चर्चित गायक सरगम चौधरी , मोडल ममता चौधरी लगाएतको विशेष संगीतिक प्रस्तुति रहनेछ।

Leave A Reply

Your email address will not be published.