Jilla Ban Notis

मधुवन कृषि बहुउद्धेश्यि सहकारी संस्था पञ्चनगरले दुध र तरकारीको संकलन केन्द्र स्थापना गर्ने ।

0 18

राम प्रसाद पौडेल
बर्दघाट,जेष्ठ–१७
मधुवन कृषि बहुउद्धेश्यि सहकारी संस्था बर्दघाट– पञ्चनगरको आयोजनामा आज एकिकृत कृषि विकास योजनावारे अन्तरक्रिया कार्यक्रम सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष नारायण दत्त घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नंम्वर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, संस्थाका संस्थापक अध्यक्ष गिरीराज रेग्मी लगाएत संस्थाका संचालक समितिका पदाधिकारी,सल्लाहकार एवं विषय विज्ञहरुको समेत उपस्थिती रहेको थियो । आज भएको उक्त एकिकृत कृषि विकास योजनावारे अन्तरक्रिया कार्यक्रमले संस्थाले आगामी दिनमा तरकारी संकलन केन्द्र स्थापना गर्ने,दुध संकलन केन्द्र स्थापना गर्ने र घा“स तथा खाद्यान्नको विउ उत्पादन गर्ने कार्यमा संस्थाले कामगर्नु पर्ने महशुसगरी सोही अनुसार प्रक्रिया गतरुपमा अघिबढ्नका लागि समितिलाई सुझाव दिएको छ ।

Leave A Reply

Your email address will not be published.