Jilla Ban Notis

मदन भण्डारी स्पोर्टस् एकेडेमि नवलपरासीको विस्तारीत भेला सम्पन्न् ।

0 104

कृष्ण ढकाल
बर्दघााट,मंसीर–१२
शारीरिक रुपमा खेल्ने खेलाडीहरु भन्दा मानसीक रुपमा खेल्ने खेलाडीहरु बढी भएका कारण अहिले देशमा राजनितिक अस्थिरता बढेको एक कार्यक्रमका बक्ताहरुले बताएकाछन् । उनीहरुले राजनिति गर्ने ब्यक्तिहरु पार्टीको निति र विधि भन्दा आफ्नो र गुट उपगुटको स्वार्थ पुरागर्नका लागि मानसीक खेल खेली रहेको आरोप लगाएका हुन । आज बर्दघाटमा मदन भण्डारी स्पोर्टस् एकेडेमि नवलपरासीले आयोजना गरेको विस्तारीत भेलामा बोल्ने् बक्ताहरुले सो कुरा बताएका हुन ।

मदन भण्डारी स्पोर्टस् एकेडेमि नवलपरासीका अध्यक्ष सुबोध जागृत बुढाथोकीको अध्यक्षता र मदन भण्डारी स्पोर्टस् एकेडेमिका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज धु्रव आचार्यको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न् भएको थियो ।

कार्यक्रमा बोल्दै प्रमुख आतिथि आचार्यले जनताले स्थापित गरेको अहिलेको सरकारले विकासका कामहरु अगाडी बढाएकै कारण बढी लोकप्रिय भएको देख्न नसकेर अहिले विभिन्न षड्यन्त्रहरु गरीरहेको बताउनु भयो । उहांले पार्टी भित्रपनि केहि कम्निष्यूष्टको खोल ओडेकाहरुले सरकारको आलोचना गरेको आरोप समेत लगाउनु भएको थियो ।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका जिल्ला अध्यक्ष थान प्रसाद गैरे,मदन भण्डारी स्पोर्टस् एकेडेमि लुम्बिनी प्रदेशका उपाध्यक्ष शेर बहादुर आचार्य,जिल्ला सचिव दया दर्लामी,देवेन्द्र पौडेल (सुजीत),धन प्रकास श्रेष्ठ(डि.पी.) लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन अनिल गुरुङ्गले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.