Jilla Ban Notis

भुमहीमा  उदघोषण तालिम सुरु

0 23

उर्मिला यादव

भुमही,पौष १८
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको आयोजनामा आज शुक्रबार देखि तीन दिने उदघोषण तालिम सुरु भएको छ । लुम्बिनी साकोसका शिक्षा उपसमिती संयोजक भुवनेश्वर चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष एवम सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आथित्यतामा तीन दिने उदघोषण तालिम सुरु भएको हो । तालिमको उदघाटन गर्दै प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष एवम सुनवल नगरपालिकाका नगर उपप्रमुख अर्यालले लुम्बिनी साकोस पश्चिम नवलपरासीमा नै एउटा उत्कृष्ठ सहकारीको रुपमा स्थापित भैसकेको बताउनु भएको छ । उहाले लुम्बिनी साकोसको स्थापना यसले गर्दै आएका कार्य भावी योजनाको बिषयमा जानकारी दिदै अबको केही बर्ष्भित्रमा नै लुम्बिनी साकोसको दाजोमा सुबिधा दिने अरु कूनै सहकारी हुन नसक्ने दावी समेत गर्नु भएको छ । अर्यालले लुम्बिनी साकोसले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ठ बितिय सुचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड ९प्रोबेसन ०ब्रान्ड प्रदेश नम्बर ५ का १२ वटा सहकारी मध्ये लुम्बिनी साकोस छैठौ स्थान हासिल गर्न सफल भएको समेत जानकारी दिनु भएको थियो । उहाले तालिममा बोल्दै लुम्बिनी साकोसका सम्पुर्ण कार्य उत्कृष्ठ भएको बताउदै अब केहि समय भित्र नै अर्को सहकारी संस्था संग लुम्बिनी साकोस मर्ज भइ ठुलो संस्था बन्ने भएकोले शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।यस्तै गरी संस्थाका अध्यक्ष लेखनाथ खरेलले कार्यक्रमको बारेमा जानकारी गराउदै महिला शसक्तिकरण र महिला चेतनाको बारेमा जानकारी गराउनु भएको थियो । उहाले समग्र सहकारीको बिकास यसको कार्यक्षेत्रको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा ७० जना लुम्बिनी सिस्टर सोसाइटीका महिला सदस्यहरुको सहभागिता रहेको तालिममा संस्थाका शिक्षा उपसमिती सदस्य तुल बहादुर घिमिरेले कार्यक्रम संचालन गर्न‘ु भएको थियो । भने रेडियो परासीका म्यानेजिंग डाइरेक्टर मेघराज गौतम र हिमा न्यौपाने सुबेदीले प्रशिक्षण दिनु भएको छ । रामनगर गाबिसका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद बगालेको स्वागत मन्तब्य रहेको तालिममा संस्थाका अध्यक्ष लेखनाथ खरेल, उपाध्यक्ष बिष्णु प्रसाद अर्याल, लेखा समिती संयोजक भुवन पराजुली, कोषाध्यक्ष लालु प्रसाद पौडेल, संस्थाका ब्यवस्थापक बद्री प्रसाद पौडेल, ऋण प्रमुख मणी पाण्डे , कार्यालय सहायक गणेश भण्डारी , अनिता पाण्डे लगायत लुम्बिनी साकोसका पदाधिकारी,सिस्टर सोसाइटीका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । तालिम पुस २० गते आइतबार सम्म संचालन हुने लुम्बिनी साकोसका अध्यक्ष लेखनाथ खरेलले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.