Jilla Ban Notis

ब्यवसायिहरुको हकहितमा कामगर्दै बर्दघाट उद्योग बाणिज्य संघ ।

0 19

कृष्ण ढकाल
बर्दघाट,असोज–५
बर्दघाट नगरपालिका वडा नं–४ मा रहेको पाठक खाद्य मसला उद्योगले आज ७ लाख १ हाजर २ सय ५५ रुपैयँंको चेक प्राप्त गरेको छ । गत श्रावण २० गते राती पाठक खाद्य मसला उद्योगमा एक्कासी आग्लागी हुदां लाखौंको क्षतीभएको थियो । आगलागिवाट क्ष्ँेतीभएपछि उद्योगले विमा गरेको कम्पनि शिखर ईन्योरेन्स कम्पनीमा विमाको रमक उपलब्ध गराउनका लागि बर्दघाट उद्योग बाणिज्य संघले त्यसको पहल गरे अनुसार आज उद्योगलाई शिखर ईन्योरेन्स कम्पनीले बर्दघाट उद्योग बाणिज्य संघ मार्फत नै विमा बापतको चेक रकम उपलब्ध गराएको बर्दघाट उद्योग बाणिज्य संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनु भएको छ । विमा वापतको चेक रकम हस्तान्त्रणका क्रममा शिखर ईन्स्योरेन्स कम्पनी प्रदेश नं ५ का रिजनल ईञ्चार्ज किरण काफ्ले, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, महासचिव दिनेश न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
यसैविच
बर्दघाट उद्योग बाणिज्य संघले कर बुझाउन आन्तरिक राजश्व कार्यालय बुटवल जान नपाएका ब्यबसायीहरुलाई बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाट बाटै तिर्नसकिने ब्यबस्था मिलाएको छ ।
बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । उहांले २० लाख सम्म कारोबार गर्ने ब्यबसायीले मात्र कार्यालयबाट कर बुझाउन सकिने र तत्काल कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न सकिने समेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.