Sarawal sit lahar Notis

बिनादर्ता संचालन गरीका ई–रिक्सा तथा टेम्पो संचालनमा रोक ।

0 54

कृष्ण ढकाल
बर्दघाट,माघ–२
माघ १ गते देखि बर्दघाट नगरपालिकाले नगरमा दर्ता नभएका ई–रिक्सा तथा टेम्पोहरुलाई संचालनमा रोक लगाएको छ । नगरमा दर्ता हुनका लागि नगरले दिएको अन्तिम मिति सकिएसंगै माग १ गते आईतवार नै नगरमा संचालन भएका तर नगरपालिकामा दर्ता नगरीकन सञ्चालन भईरहेका १७ वटा ई–रिक्सा तथा टेम्पोहरु नियन्त्रणमा लिएको छ।
अहिले ति ई–रिक्सा तथा टेम्पोहरुलाई नगरपालिकाको प्राङ्गणमा राखिएको छ ।

नगरपालिकाले पटक–पटक सूचना जारी गर्दा समेत वास्ता नगरी संचालन गर्ने ई–रिक्सा तथा टेम्पोहरुलाई मात्र दर्ता प्रत्रियामा आउनका लागि समातिएको बर्दघाट नगररका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
त्यसरी नियन्त्रणमा लिइएका ई–रिक्सा तथा टेम्पोहरुलाई नियमानुसार कारवाहीको प्रक्रिया अगाडी बढाइने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.