Jilla Ban Notis

बिजुलीको करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु ।

0 145

माधब प्रसाद घिमिरे
बर्दघाट,असोज–१४
बिजुलीको करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु भएको छ । बर्दघाट–२ चिसापानीका ४६ बर्षीय उदय वि.क.को आज उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक विरेन्द्र के.सी.ले जानकारी दिनु भएको छ ।

बिहान १० बजेको समयमा घरवाट माछामार्न निस्केका विकले घर नजीकैको कुलोमा बिजुलीको करेन्ट लगाएर माछा मान्र्न खोज्दा आफुलाई नै करेन्ट लागेको थियो । १०ः३० बजे बिजुली लागेर पल्टेका विकलाई चिसापानी अस्पताल लगेपनि उनको ११ बजे मृत्यु भएको र पोष्टमाटमका लागि परासी पठाईएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.