Jilla Ban Notis

बर्दघाट–५ बण्डाखोला जलमग्न,१२ घरधुरि डुबानमा परे ।

0 42

कृष्ण ढकाल
बर्दघाट,भदौं–२८
आज विहानपख परेको पानीका कारण नवलपरासी जिल्लाका केहि स्थानमा डुबानको समस्या भएको छ । बिहानपख परेको पानीका कारण बर्दघाट नगरपालिका वडा नं. ५ को बण्डाखोला र पाल्डांडाको स्वास्थ्य चौकी पछाडीको क्षेत्रमा डुवानको समस्या आएको स्थानियवासीहरुले बताएका छन् । बाढीका कारण बण्डा खोला क्षेत्रमा १२ घरधुरि डुबानमा परेको स्थानिय कृष्ण चौधरीले जानकारी गराएका छन् । बिहान ४ बजे देखि करिव ५ घन्टा जति लगातार पानी परेका कारण बाढि आएको र पानीको उचित निकास नभएका कारण डुबानमा परेको उनीहरुको भनाई रहेको छ ।
उता बर्दघाट नगपालिका वडा नंम्वर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराईले जंगलका घोलाहरुवाट आएको पानीको निकासमा समस्या हुदां केहिबेर डुबानको समस्या आएको तर केहि समयपछि घटेर गएको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.