Jilla Ban Notis

बर्दघाट –२ चिसापानीको आईसोलेसनमा अक्सिजनको अभाव हुन दिन्नौ ः अध्यक्ष न्यौपाने

0 37

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१
नवलपरासीको बर्दघाट नगरपालिकाले बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसन अस्पतालमा उपचारत कोरोना संक्रमितहरुका लागि अक्सिजनका् अभाव हुन नदिनका लागि बर्दघाट उद्योग वाणिज्य संघ का अध्यक्ष लेखनाथ न्यौपानेको अगुवाइमा अक्सिजनका सिलिन्डर खोजी कार्य लाई तिव्र बनाईएको छ ।
टोलीले अहिले सम्म ३७ वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरेर नगरपालिकालाई हस्तानत्रण गरेको छ । अक्सिजनका सिलिन्डरहरु संकलन गर्नेकार्यमा बर्दघाट उद्योग वाणिज्य संघ ,बर्दघाट नगर प्रहरी, बर्दघाट बजार बिकास समिती, पञ्चनगर बजार विकास समिति र जिमीरेभार व्यापार संघको सक्रियता रहेको छ । टोलीले बर्दघाट नगर भित्रबाट अक्सिजनका सिलिन्डर संकलन गर्दै बर्दघाट नगरपालिकाले संचालन गरेको बर्दघाट–२,चिसापानीको आईशोलेसन अस्पतालमा लगेर दिएको छ ।

न्यौपानेको अगुवाइमा अक्सिजनका सिलिन्डर खोजी गर्ने क्रममा शुक्रवार त्रिवेणी रोड मार्कर भुताहा का लक्ष्मण पाण्डे बाट ५ थान ,किसान पाईप प्रोडक्टस प्रा। लि।बाट ४ थान मनकामना मेटल उधोग, सेमरी बाट २ थान ,चौधरी ग्रिल उधोगका बिजय चौधरी बाट १ थान अक्सिजन सिलिन्डर संकलन गरीएको बर्दघाट उद्योग वाणिज्य संघ का अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । त्यसेगरी मनोज लेथ सेन्टर का संचालक मनोज चौधरी बाट १ थान ,मनोज डेण्टल हाउस बाट १ थान ,वडा नं १६ स्थाई ठेगाना भई हाल बाढिपिढित ४बस्ने मिन बहादुर गुरुङ बाट १ थान ,राम प्रसाद भण्डारी वाट १ थान ठुलो र १ थान सानो गरी २ थान ,रेख बहादुर प्रतिष्ठान बाट १ थान सानो अक्सिजन सिलिन्डर र अर्जुन ट्रली उधोग सेमरी बाट १ थान अक्सिजन सिलिन्डर संकलन गरेको न्यौपानेले बताउनु भयो ।

त्यसैगरी शनिवार काठमाडौं स्टिल प्रा लि बाट २० थान अक्सिजन सिलिन्डर प्राप्त भएको बर्दघाट उद्योग वाणिज्य संघ का अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । संकलन गरीएका अक्सिजनका सिलिन्डरहरु कतिपय भरीएका रहेपनि अधिकांश सिलिन्डरहरु खाली रहेकाले शुक्रवार संकलन गरीएका खाली सिलिन्डरहरुलाई भरेर शनिवार आईसोलेसनमा हस्तान्त्रण गरीएको बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतमले बताउनु भएको छ ।
अक्सिजन सिलिन्डर भर्न को लागि टोली शुक्रवार राती अबेर सम्म शंकर अक्सिजन ग्याँस प्रा। लि।मा लाईन बसी अक्सिजनका सिलिन्डर भरेको पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाईले बताउनु भएको छ ।

बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसन अस्पतालमा शुक्रवार सम्म १४ जना कोरोनाका विरामीहरुले सेवा लिई सकेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । त्यसैगरी सोही आईसोलेसनमा उपचार गरेर निकोभै ४ जना घर फर्किसकेका छन भने अहिले ८ जनाले आईसोलेसनमा उपचार सेवा लिईरहेका छन् । बर्दघाट नगरपालिकाले चिसापानीमा निमार्ण गरेको नयां अस्पताल भवनवाट एचडीयू सेवा सहितको सेवा प्रदान गरेको छ ।

त्यस्तै बर्दघाट नगपालिकाले अहिले नगरका दुईवटा एम्बुलेन्स मार्फत बुटवल, नारायणगढसम्म निःशुल्क सेवा प्रदान गरिरहेको जनाएको छ । कोभिडका कारण बर्दघाट नगर क्ष्ँेत्रमा गतवर्ष देखि अहिले सम्म २३ जनाको मृत्यु भइसकेको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याकं रहेको स्वास्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ । नवलपरासी जिल्लामा भने अहिले सम्म ९२ जनाले कोभिड–१९का कारण आफ्नो ज्यान गुमाई सकेका छन् ।

Leave A Reply

Your email address will not be published.