Sarawal Ga pa

बर्दघाट मेलामा रक्तदानकार्य सम्पन्न् ।

0 36

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
बर्दघाटमा शुरु भएको पा“चौं बर्दघाट कृषि ,पर्यटन तथा औधोगिक ब्यापार मेला समुद्घाटनपूर्व मेला स्थलमा रक्तदान कार्य सम्पन्न् भएको छ । नेपाल रेडक्रस सोसाईटी,रक्त सन्चार केन्द्र परासीको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी बर्दघाट उप( शाखा तथा नेपाल रेडक्रस सोसाइटी बुद्ध मङ्गल उप( शाखा बर्दघाट(१२को समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न् भएको थियो ।

बर्दघाट उद्योग वाणिज्य संघका स्वास्थ्य तथा प्राथमिक उपचार सेवा उपसमिति संयोजक कृष्ण गौतमको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रमहमालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न् भएको थियो ।
रक्रदान कार्यक्रममा २० जना रक्तदाताहरुले रक्तदान गरेको संयोजक गौतमले बताउनु भएको छ । बर्दघाट उद्योग वाणिज्य संघका सदस्य दामोदर जि.सी.को संचालन रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी,रक्त सन्चार केन्द्र परासीका सुरज के.सी.,नेपाल रेडक्रस सोसाइटी बर्दघाट उप( शाखा का सभापति नारायण अधिकारी लगाएतको उपस्थिती रहको थियो ।

https://fb.watch/bpf0kUqKC0/

Leave A Reply

Your email address will not be published.