Sarawal sit lahar Notis

बर्दघाट नगरले एकघर एक धारा अभियानका लागि १ कराेड विनियोजन गरेकाे छ : नगरप्रमुख श्रेष्ठ

0 68

बर्दघाट,कार्तिक -१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अति बिपन्नलाई निःशुल्क धारा जडान गर्ने भएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आयोजना गरेको बार्षिक समिक्षा तथा शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिका एक घर एक धाराको अवधारणा अन्तर्गत अगाडी बढेको बताउनु भयो । श्रेष्ठ भन्नुहुन्छ -“एक घर एक धार अवधारणा अन्तरगत १ करोड बजेट छुट्याएका छौँ । अति बिपन्न लाई निशुल्क र बिपन्नलाई ५० प्रतिसत छुट दिइने छ । ”
नगरले विभिन्न संघ सस्थासङ्गको सहकार्यमा शुद्ध खानेपानी र सरसफाइ युक्त नगर बनाउने ध्येयका साथ नगर अगाडि बढेको बताउदै श्रेष्ठको भनाइ छ ।

बर्दघाट नगरपालिका वडा ०४ का वडा अध्यक्ष बेधबिना तिवारीले पानी मान्छेको जीवन भएको बताउदै उहाले नेपालमा नै शुद्ध पानी पिताउने राम्रो सस्थाको रुपमा आफुलाइ उभ्याउन सक्नु पर्ने बताउनु भयो । सस्थाका पुर्वजहरुले निष्ठा पुर्वक इमानदारीता का साथ काम गरेकोले सस्था अगाडि बढेको तिवारीको भनाइ छ ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले कार्य प्रगति समिक्षा गर्दै गत बर्ष राखेका धेरै लक्ष्यहरु पूरा गरेको सस्थाका अध्यक्ष दीपक लम्सालले बताउनु भयो । ४ हजार ९५ धारा जडान गरि १८ हजार जना उपभोक्ताहरुलाइ पानी उपलब्ध गराएको छ । आम्दानीको १ सय ४ प्रतिशत र खर्चको ८३ प्रतिशत लक्ष्य प्राप्ती गरेको सस्थाले जानकारी दिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेको बिजय दशमी, शुभदिपावली र छठ पर्व २०८० को अवसरमा शुभकामना दिदै शुभकामना आदानप्रदानसमेत गर्नु भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पुर्व अध्यक्ष, कमान सिह थापा इन्द्र बहादुर राना, सल्लाहबाट रबिन्द्र बिक्रम हमाल, सघ संस्थाहरुको तर्फबाट उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट प्रेस कल्वका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)  लगाएतले बोल्दै पानीको मुहान देखी उपभोक्ताको मुखसम्म शुद्ध पानी निरन्तर रुपमा पुर्‍याउन सकोस् भन्ने शुभकामना दिनु भयो ।

सस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता, उपाध्यक्ष कमल थापाको स्वागत रहेको कार्यक्रमको संचालन सचिब शोभाकान्त कोइरालाले गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.