Jilla Ban Notis

बर्दघाट नगरपालिका स्तरिय दलित संर्घष समिती गठन ।

0 32

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२४
संयुक्त दलित अधिकार मञ्च नवलपरासीको आयोजनामा आज चिसापानीमा दलित अगुवा नेताहरुको भेला सम्पन्न् भएको छ । विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुख एवम् स्थानीय जन प्रतिनिधि र संघ संगठनका अगुवाहरुको उपस्थिति रहेको उक्त भेलाले ३१ सदस्यीय बर्दघाट नगरपालिका स्तरिय संर्घष समिती गठन गरेको छ । जस्को सदस्यहरुका बर्दघाट नगरपालिकाका १६ वटै वढावाट १÷१जना र नगरभित्रका सबै दलित संग सम्वन्धि सबै संघ संस्थाहरुवाट एक एक जना रहने गरी समिति गठन गरीएको संयोजक कमल परियारले जानकारी दिनु भएको छ । नव गठीत संर्घष समितिको संयोजकमा कमल परियार र सचिवमा राजु विश्वा रहनु भएको छ । भेला संयुक्त दलित अधिकार मञ्च नवलपरासीका जिल्ला अध्यक्ष गणेश बिश्वकर्माको अध्यक्षता र दलित नेता राजु प्रसाद हरिजनको प्रमुख अतिथिमा उक्त भेला सम्पन्न् भएको थियो । गठीत बर्दघाट नगरपालिका स्तरिय संर्घष समिती ले रूकुम–जाजरकोट घट्नाको छानविन र दोषिमाथि कार्वाहि गरि उचित क्षतिपूर्ति उपलब्ध गराउन दवाव सृजना गर्ने र समाजमा भैरहेका सामजिक अन्याय,भेदभावका बिरूद वहस,संर्षघ गरि संविधान र मुलुकी ऐनमा शब्द शब्द लागू गराउन बर्दघाट नगरपालिकामा पहल तथा दवाव सृजना गर्ने अधिकार प्रदान गरीएको थियो । चिसापानी सामुदायिक बनको सभा हलमा भएको उक्त भेलामा मोतिलाल सुनार, कमल परियार ,राजु प्र.हरिजन ,गोविन्द बि.क. लगाएतले आ आफ्ना भनाईहरु समेत राखेका थिए ।

Leave A Reply

Your email address will not be published.