Jilla Ban Notis

बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्मनिर्भर ः–नगर प्रमुख बस्याल

0 21

कृष्ण ढकाल
बर्दघाट,माघ–२६
नवलपरासीको बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्म निर्भर रहेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । आज बर्दघाट नगरपालिकाले आयोजना गरेको मिल्क क्यान तथा फार्म जैविक सुरक्षा सामाग्री हस्तान्त्रण कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख बस्यालले उक्त कुरा बताउनु भएको हो ।
नगर प्रमुख बस्यालले अहिले दुध र अण्डामा नगर अत्म निर्भर भएपनि यसको निरन्तर्ताका लागि किसान र सम्वन्धित सरोकारवालाहरुले अझै मिहिनेत गरेर निर्यात तर्फ लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाको तथ्यांक अनुसार अहिले बर्दघाट नगरक्षेत्रमा ब्यवसायिक गाई भैसी पालन फार्म २ सय २७ वटा रहेका छन । अहिले करिव २ हजार ५ सय दुधालु पशुवाट दैनिकरुपमा २३ हजार ५ सय दुध उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक रहेको छ ।

२०६८ सालको जनगणना अनुसार करिव ७३ हजार ५ सय जनसंख्या रहेको बर्दघाट नगरक्षेत्रमा १८ हजार ५ सय लिटर दुध दैनिक नगरमा आवश्कता पर्ने बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले बताउनु भएको छ ।

बर्दघाट नगरक्षेत्रवाट अहिले ५ हजार लिटर दुध दैनिक नगरवाहिर विक्रि हुदै आएको छ । जसवाट दैनिक कृषकहरुले करिव ६ लाख ७० हजार अर्थात करिव २ करोड आम्दानी हुने गरेको नगरपालिकाको तथ्यांक रहेको छ ।

त्यसैगरी कुखुराको अण्डा उत्पादनमा पनि आत्म निर्भर रहेको बर्दघाट नगरक्षेत्रमा बार्षिक करिव ११ करोडको कारोवार हुने गरेको बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाको तथ्यांक रहेको छ । बर्दघाट नगरमा अहिले १८ वटा लेयर्स पोल्ट्री फार्ममा करिव ८० हजार कुखुराहरु पालन गरीएको छ । जस्वाट दैनिक ३० हजार गोटा अण्डा उत्पादन हुने गरेको बताईएको छ ।

नगरपालिकाले आज नगरका ब्यवसायिक किसानहरु मध्ये सिफारीस भई आएका किसानहरुलाई ४० लिटरको २० वटा स्टील क्यान २० लिटरको आल्मोनियम क्यान २० वटा र १६ लिटरको १८ वटा स्प्रे वितरण गरेको थियो भने १ थान कुखुराको चुच्चो काट्ने मेसिन वितरण गरेको थियो । त्यसैगरी २५ के।जी।का ४५ पोका चुनका थैलाहरु समेत वितरण गरीएको थियो ।

बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा भएको मिल्क क्यान तथा फार्म जैविक सुरक्षा सामाग्री हस्तान्त्रण कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्य, अण्डा उत्पादक संघ नवलपरासीका अध्यक्ष गोबिन्द थापा, चन्द्रोदय बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष पूर्ण प्रसाद तिमिलसिना लगाएतको उपस्थिती रहेको थियो ।
पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा अभिशेक लामिछानेको संचालन रहेको थियो ।

Leave A Reply

Your email address will not be published.