Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा चिसापानीमा आईसोलेसन भवन शिलन्यास ।

0 39

बर्दघाट,असार–५

बर्दघाट –२ चिसापानीमा आईसोलेसन भवन निमार्णका लागि आज शिलन्यास गरीएको छ । बर्दघाट नगरपालिकाले बर्दघाट –२,चिसापानीमा निमार्ण गर्न लागिएको उक्तआईसोलेसन भवनको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले शिलन्यास गर्नु भएको थियो । आईसोलेसन भवन निमार्ण समितिका अध्यक्ष धन प्रकाश श्रेष्ठ९डि।पी।०को अध्यक्षता र मा भएको उक्त भवन शिलन्यास कार्यक्रममा नगर प्रमुख बस्याल लगाएत वडा नं. २ की वडाध्यक्ष दया दर्लामि लगाएत जनप्रतिनिधी,स्थानिय विभिन्न संघ–संस्थाका ब्यक्तिहरु,विभिन्न राजनितिक दलका ब्यक्ति,समाज सेवी,प्रहरी प्रशासनका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
७४ लाख ९४ हजार ३ सय ५८ रुपैयाको लागतमा निमार्ण गर्न लागिएको आईसोलेसन भवन मा स्थानिय उपभोक्ताहरुको ३ लाख ७४ हजार ७ सय १९ रुपैया बराबरको जनश्रमदान रहनेगरी नगरपालिकामा सम्झौता भएको छ । बर्दघाट नगर कार्यपालिकाको निर्णय अनुसार बर्दघाट नगरपालिकाले उक्त आईसोलेसन भवन निमार्ण गर्न लागेको हो । सो भवनलाई आगामी २० गते भित्र नै निमार्ण सम्पन्न् गरी सेवा संचालनमा ल्याउनेगरी निमार्ण कार्यलाई अघि बढईने निमार्ण समितिका अध्यक्ष धन प्रकाश श्रेष्ठ९डि।पी।०ले बताउनु भएको छ ।
यस अघि भवन निमार्णका लागि ११ सदस्यीय आईसोलेसन निमार्ण उपभोक्ता समिति गठन भएको छ । जस्को सचिवमा सन्तोष भूर्तेल रहनुभएको छ भने कोषाध्यक्षमा विष्णु गुरुङ्ग रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुबोध जागृत बुढाथोकी,होम बहादुर गुरुङ्ग,लोकेन्द्र बहादुर पाण्डे,राम प्रसाद भण्डारी,विष्णु वराल,कमल परियार,दिपक राना र चन्द्र थापा रहनु भएको छ । त्यसैगरी उक्त कार्यको अनुगमनका लागि अनुगमन समिति समेत गठन भएको छ । बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलको संयोजकत्वमा सात सदस्य अनुगमन समिति गठन भएको छ । जस्को सदस्यहरुमा वडाध्यक्ष दया दर्लामि,यम बहादुर थापा,गणेश बहादुर क्षेत्री,जस बहादुर पुन,धनन्जय पौडेल र सदानन्द पाण्डे रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.