Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा आईसोलेसन भवन निमार्ण हुदै ।

0 26

टेक बहादुर बुढाथोकी

बर्दघाट,जेष्ठ–२८

बर्दघाट नगरपालिकाले बर्दघाट –२,चिसापानीमा आईसोलेसन भवन निमार्ण गर्ने भएको छ । भवन निमार्णका लागि धन प्रकाश श्रेष्ठ(डि.पी.)को अध्यक्षतामा ११ सदस्यीय आईसोलेसन निमार्ण उपभोक्ता समिति गठन भएको छ । जस्को सचिवमा सन्तोष भूर्तेल रहनुभएको छ भने कोषाध्यक्षमा विष्णु गुरुङ्ग रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुबोध जागृत बुढाथोकी,होम बहादुर गुरुङ्ग,लोकेन्द्र बहादुर पाण्डे,राम प्रसाद भण्डारी,विष्णु वराल,कमल परियार,दिपक राना र चन्द्र थापा रहनु भएको छ । त्यसैगरी उक्त कार्यको अनुगमनका लागि अनुगमन समिति समेत गठन भएको छ । बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलको संयोजकत्वमा सात सदस्य अनुगमन समिति गठन भएको छ । जस्को सदस्यहरुमा वडाध्यक्ष दया दर्लामि,यम बहादुर थापा,गणेश बहादुर क्षेत्री,जस बहादुर पुन,धनन्जय पौडेल र सदानन्द पाण्डे रहनु भएको छ ।

त्यसैगरी गठीत समितिले आईसोलेसन भवन निमार्णका लागि आफ्नो कार्य तिव्रगतीमा अघिबढाएको छ । समितीले आफ्नो बैठक बसेर बैक खाता संचालन गर्ने,आईसोलेसन भवन निमार्णका लागि नक्सा तयार गर्ने देखि अन्य कामहरुको जिम्मेवारी समेत वाडफांगरी आफ्नो कार्यलाई तिव्रगतिमा अघि बढेको पाईएको छ ।

Leave A Reply

Your email address will not be published.