Jilla Ban Notis

बर्दघाट नगरको संसदीय दलको नेतामा धिरज शर्मा बस्याल ।

0 38

कृष्ण ढकाल
बर्दघाट,असार–८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट नगर कमिटीले संसदीय दलको नेतामा बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याललाई जिम्मेवारी दिएको छ । पार्टी विधान अनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्था अनुसार कमिटीको उप–नेतामा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेललाई दिएको छ । त्यसैगरी प्रमुख सचेतकमा वडा नं ८ का वडाध्यक्ष कविराज आचार्य र सचेतकमा वडा नं ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाललाई जिम्मेवारी दिएको छ । आज बर्दघाट–४ बाढीपिडीतमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट नगर कमिटीको भेलाले सो जिम्मेवारी दिईएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट की कार्यवहाक नगर ईन्चार्ज सरीता खनालले जानकारी दिनु भएको छ । संसदीय दलका अन्य सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)वाट बर्दघाट नगरमा रहेका जनप्रतिनिधि वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सो संसदीय दलमा रहने नितिगत ब्यवस्था रहेको छ । आज भएको उक्त संसदियदलको गठन कार्यक्रममा गठीत समितिको नामवली प्रस्तुत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट की कार्यवहाक नगर ईन्चार्ज सरीता खनालले बर्दघाट नगरमा नेकपाको अवस्था,चुनौती र संभावनाका वारेमा समेत पार्टीका नेतचा कार्यकर्ताहरुलाई जानकारी गराउनु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष भविस्वर तिवारी आजात को प्रमुख आतिथ्यता र बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा भएको सो भेलामा स्वागत मन्तब्य बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन वडा नं ८ का वडाध्यक्ष कविराज आचार्यले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश कमिटि सदस्यद्धय वृहस्पति अधिकारी,रामानन्द यादव,जिल्ला सचिवालय सदस्य शिवलाल कंडेल,विमला अर्याल,केयरसिंह कुवंर लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.