Jilla Ban Notis

बर्दघाट नगरका व्यवसायिक पशुपालन फर्मलाई ईलेक्ट्रिक चापकटर वितरण

0 20

कृष्ण ढकाल
बर्दघाट,पुष–२४
व्यवसायिक पशुपालन गर्दै आएका बर्दघाट नगरका ६० वटा व्यवसायिक पशुपालन फर्मलाई आज बर्दघाट नगरपालिकाले ईलेक्ट्रिक चापकटर वितरण गरेको छ । बर्दघाट नगरपालिकाले आज नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी ब्यवसायिक पशुपालकहरुलाई ईलेक्ट्रिक चापकटर वितरण गरेको हो ।

व्यवसायिक पशुपालन फर्मले ६ हजार ३ सय ५० रुपैया ब्यहोर्ने र बर्दघाट नगरपालिकाले १९ हजार ब्यहोर्नेगरी नगरपालिकाले सहभागिता मुलक अनुदानमा एक एकवटा ईलेक्ट्रिक च्याफकटर मेसिन वितरण गरेको बर्दघाट नगरपालिकाका पशु शाखा प्रमुख भरत लम्सालले जानकारी दिनु भएको छ ।

तस्विरःराम प्रसाद पौडेल

प्रति मेसिन २५ हजार ३ सय ५० रुपैया पर्ने मेसिनलाई कम लागतमा नगरपालिकाले किसानहरुलाई उपलब्ध गराएसंगै अब किसानहरू लाभान्वित हुने र उत्पादनमा समेत वृद्धि हुने विश्वास रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताउनु भएको छ ।

आज नगरप्रमुख धीरज शर्मा बस्यालको अध्यक्षता र पशु शाखाका अभिषेक लामिछानेको संचालनमा भएको ईलेक्ट्रिक चापकटर वितरण कार्यक्रममा बर्दघाट नगरपालिकाका पशु शाखा प्रमुख भरत लम्सालले कार्यक्रमको औचित्य र प्रभावकारीताका वारेमा जानकारी दिनु भएको थियो भने कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल,बर्दघाट नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्त एवं वडा नं. ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,प्रमुख प्रशासकिय मेघनाथ पाध्य लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो ।

तस्विरःराम प्रसाद पौडेल

कार्यक्रममा नगरप्रमुख धीरज शर्मा बस्यालले अपांग कृषक वडा नं. १२ का भुपराज भूर्तेललाई ईलेक्ट्रिक चापकटर हस्तान्त्रण गरेर वितरण कार्यत्रको शुभारम्भ गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.